
जुम्ला ः जिल्लामा समन्वय समिति जुम्लाले चन्दननाथ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । नगरपालिकाले यहि भाद्र २९ गते आयोजना गर्न लागेको लगानि सम्मेलन र नगरपालिकाले जिल्लाका स्थानिय तहले लगाएको करका बिषयमा उठाएको कुरा उपयुक्त नभएको भन्दै ध्यानाकर्षण पत्र जारी गरेको हो ।
जिल्लामा समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीद्धारा हस्ताक्षरीत सो पत्रमा लगानि सम्मेलनको नाम सच्याउन आग्रह गरीएको छ । पत्रमा भनिएको छ, जिल्लाका सबै स्थानिय तहको छाता संस्था जिल्ला समन्वय समिति हो । सात वटा स्थानिय तहसँग समन्वय नगरी नगरपालिकाले सबैको क्षेत्राहधिकारमा हस्तक्षप गरी चन्दननाथ नगरपालिका लगानि सम्मेलन नभनि जुम्ला लगानि सम्मेलन भनि प्रचार प्रसार गर्नुका साथै हरेक स्थानिय तहले आफ्नो क्षेत्र भित्र आफ्नो कर आफै निर्धारण गर्ने ब्यवस्थालाई नजर अन्दाज गरी जुम्लामा भारी कर छुट गरीनेछ भन्ने कुरामा गम्भिर ध्यानाकर्षण गराउँछौ । जुम्ला लगानि सम्मेलनलाई चन्दननाथ नगरपालिका लगानि सम्मेलन भनि सच्याउन सुझाब छ । करको बिषयमा पनि नगरपालिकामा छुट दिन सक्ने कुरामा स्वतन्त्र छ, तर जिल्लाभरी कर छुट दिन सक्ने अधिकार नगरपालिकालाई नभएकोले कर छुट गर्ने कुरा प्रचार प्रसार नगर्न पनि सुझाब छ ।