कर्णाली राजमार्गको कहालिलाग्दो कथा, जोखीम मोल्दै यसरी गरीन्छ यात्रा

मानदत्त रावल
जुम्ला । कर्णाली राजमार्ग संचालनमा आएको एक दशक भयो तर पनि सवारी साधनहरु हम्य हम्य अवस्थामा आवतजावत गर्ने गरेका छन् । जुम्ला देखि नेपालगज्ज सुर्खेतसम्म सवारी साधनमा आउन जानका लागि १ दिनको बाटो हो तर पनि २र३ दिन समय लाग्ने गरेको छ । तातोपानी गाउँपालिका – ६ धौलापानीका खड्क खड्काले भने ‘जुम्ला देखि सुर्खेत पुग्न २ दिन लाग्यो ।’

‘साँघुरो सडकमा सयौँ संख्यामा सवारी साधन आवत जावत गर्दछन्’ उनले भने –‘गन्तव्यमा पुग्न निकै कष्ट हुन्छ । सिजा गाउँपालिका – ३ फार्यवाडाका धनजित बुढाले कर्णाली राजमार्गमा यात्रा गर्दा पहिरो पन्छाउने औजार गैटी बेल्चा बोकेर हिँड्नु पर्ने अवस्था रहेको बताए । कर्णाली राजमार्गको कालिकोट खण्डको पहिरो पन्छाउन गाउँबाट औजार ल्याएर करिब ४ घण्टापछि पहिरो पन्छाएर यात्रा गरियो । ‘पहिरो गएको स्थानमा सबै यात्रुले मजदुरी गरेर पहिरो पन्छाइयो, हामी यात्रा गर्दै छौँ कि मजदुरी गर्न आएका हौँ ।’

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस