हवाई सेवामा बल्ल प्रदेश राजधानी सुर्खेतसँग जोडियो जुम्ला, हप्ताको दुई दिन उडान हुने

सागर परियार

वर्षोपछि सिधै सुर्खेतबाट जुम्ला हवाई जहाज चड्ने जुम्लीको सपना पुरा भएको छ । कर्णाली प्रदेशको पर्यटन मन्त्रालयको पहलमा वर्षौपछि सुर्खेतबाट सिधा जुम्ला जहाज चड्ने सपना पुरा भएको हो । कर्णालीमा आन्तरिक उडानका लागि पटक पटक कर्णाली बासीले गरेको माग गर्दा समेत उडान हुन सकेको थिएन ।

छलफल र बहसमै सिमित कर्णालीको आन्तरिक अझै कर्णालीका चार जिल्लामा कहिले हुने पत्तो छैन् । तर, जुम्लाका लागि भने, बुधबार देखि समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाजले सुर्खेत जुम्ला उडान शुरु गरेको छ । पहिला नेपालगन्जबाट जुम्ला यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।
भने, सुर्खेत जाँदा नेपालगन्ज पुग्नु पर्ने बाध्यता बाट पनि जुम्लाबासीले मुक्ति पाएको नागरिक समाजका सचिव सरोज शाहिले बताए ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले स्वय चढेर जुम्ला पुगि सुर्खेत जुम्ला उडानको उद्घाटन गर्नुभएको हो । पर्यटन मन्त्री सहित पहिलो उडानमा १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् ।  साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्ला लाई प्रथामिकता दिदै राजधानी सुर्खेत सँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए । उनले भने, सुर्खेत जुम्ला उडानले नागरिक लाई सेवामा पहुँच मात्र नभई जुम्लाको पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने उनको विश्वास छ ।

कर्णाली प्रदेश पर्यटन मन्त्रालयको पहलमा गो कर्णाली ट्राभल्स एण्ड टुर जुम्लाको व्यवस्थापनमा समिट एयरले सुर्खेत–जुम्ला उडान गर्ने भएको छ । सुर्खेत जुम्ला उडानको शुभारम्भ गर्दैै जुम्ला पुगेका पर्यटन मन्त्री नन्दसिंह बुढाले पर्यटकीय दृष्टिकोण तथा सेवाग्राहीको सजिलोका लागि जुम्ला प्रथामिकतामा परेको बताए ।

नेपाल पर्यटन पत्रकार संघ जुम्लाले सुर्खेत जुम्ला उडानको स्वागत गर्दै यसलाई निरन्तरता दिन सुझाब दिएको अध्यक्ष नेत्र बहादुर शाहिले बताए । सबैको माग आबश्यकता लाई मध्यनजर गरी सिनयमित नियमित उडानमा जोड दिईने समिट एयर जुम्लाका ईन्चार्ज सन्तोजङ्ग शाहीले बताए ।

कुन दिनमा हुन्छ उडान ?

वर्षौ पछि प्रदेश राजधानी सुर्खेत देखि जुम्ला हवाई उडान शुरु भएको छ । तर, त्योपनि नियमित नहुने ईन्चार्ज शाहि बताउन्छन् । तत्तकालका लागि नियमित उडान गर्ने अबस्थामा नरहेको उनको भनाई छ । बुधरबार उडानको औपचारिक उद्घाटन भए संगै, समिट एयरले हप्ताको मंगलबार र शुक्रबार मात्रै उडान गर्ने छ । अन्य पाँचमा भने, उडान नहुने भएको छ । हप्ताका दुई दिनमा हुने उडानका लागि अग्रीम टिकट बुकिङको व्यवस्था गरिएको ईन्चार्ज शाहिले जनाए ।

सुर्खेत जुम्लाको भाडादर भने १ सय रुपैयाले तलमाथि परेको छ । सुर्खेतबाट जुम्ला जाँदा ४ हजार १ सय र जुम्ला देखि सुर्खेत आउँदा ४ हजार भाडा तिर्नु पर्ने भएको छ । जुम्ला तथा सुर्खेतमा टिकट बुकिङ उडानमाका लागि यात्रुहरुलाई गो कर्णाली टुर एण्ड ट्राभल्स तथा स्नोल्याण्ड होटलले सघाउने भएको छ ।

समिट एयर संग भएको सम्झौता अनुसार गो कर्णाली टुर एण्ड ट्राभल्सले सेवा दिने छ । उडानको उद्घाटन शुभारम्भको जानकारी दिन जुम्ला पुगेका पर्यटन मन्त्रीले जुम्लाका पर्यटकिय तथा धार्मीकस्थलको अनुगमन गरेका छन् ।

जुम्ला जिल्ला लाई पर्यटकिय शहरका रुपमा विकास गर्नका लागि मन्त्रायले करोडौ बजेट विनियोजित गरेको छ । उनले भने, गुठिचौरको पर्यटन विकासका लागि १ करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न १ करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति १ ५५ लाख बजेट लगायत अन्य क्षेत्रमा गरी करोडौ बजेट विनियोजन गरिएको छ ।

चार जिल्लामा उडान कहिले ?
धौर्धौ गरी पर्यटन मन्त्रायले चासो दिएर प्रदेश राजधानी सुर्खेतबाट जुम्लाका लागि उडान शुरु भएको छ । तर, अन्य चार जिल्ला हुम्ला,डोल्पा, मुगु र कालिकोटको बाध्यता उस्तै छ । सुर्खेत जानका लागि नेपालगन्ज पुग्नु पर्ने । कर्णाली विगत देखि उपेक्षाको सिकार भएपनि अब परिर्वतनको शाहस फेर्ने तर्खरमा रहेको मन्त्री नन्द बहादुर बुढाले भने ।

उनका अनुसार कर्णालीका बाँकी ४ जिल्लामा पनि उडानका लागि पहल गरिने छ । अबको केहि समयमै कर्णालीका बाँकी ४ जिल्ला पनि हवाई सेवाबाट सुर्खेत जोडिने उनको प्रतिबद्धता छ । कर्णालीका सम्भावनालाई चिनाउन पनि हवाई उडानलाई प्रथामिकता दिने बताए ।

मन्त्रायले पहल लाई निर्णयर्थ बनाउन निकै कसरत गर्ने र कर्णालीमा चाडै आन्तरिक उडान हुने छ । भने, जुम्लामा उडान भएपछि बाँकी ४ जिल्लाकाले पनि चाडो उडानको व्यवस्था मिलाउन माग गरेका छन् । पहिलो उडानमा जुम्ला पुगेका पर्यटन मन्त्री सहितको टोली प्रदेश राजधानी फर्किएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस