
जुम्ला ः बाल दिवसको अवसरमा राष्ट्यि मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले शैक्षिक सामाग्री सहयोग गरेको छ । शाखा कार्यालय जुम्लाले बाल दिवसको अवसरमा जुम्ला स्थित माया सदन बालगृहका अनाथ बालबालिकाहरुसँग भेट गरी अन्तरक्रिया सम्पन्न गर्नुका साथै बाल दिवसको अवसरमा माया सदनमा रहेका २० जना बालबालिकाहरुलाई प्रति बालबालिकालाई १÷१ दर्जन कापी र कलम शैक्षिक सामाग्री वितरण गरेको हो ।
सोही अवसरमा आयोगले उक्त बालगृहको अनुगमन गर्नुका साथै बालगृहका प्रमुख एकराज बंमसँग समेत छलफल गरी बालगृहको अवस्थाका बारेमा जानकारी लिएको आयोग कर्णाली प्रदेस शाखा कार्यालय जुम्लाका प्रमुख रमेशकुमार थापाले बताए ।
प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार