धनसिंह थापाको दशै कोसेली ‘नरोउ मेरी आमा’ सार्वजनिक (भिडियो-सहित)

नन्दराम जैसी,
जुम्ला । गितकार धनसिंह थापाले नेपालिहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलिको अवसरमा सारा नेपालिलाई रुवाउने तथा सबैको मन छुने दशै विषेश गित सार्वजनिक गरेका छन् । गितकार थापाले हालै मात्र ‘नरोउ मेरी आमा’ बोलको दशै गित बजारमा ल्याएका हुन् । जुन गितले परदेशी छोराको पीडामा तड्पिएकी हजारौं आमाको यथार्थ कथा झल्काउँछ ।

यो गीतमा गरिबी र बेरोजगारीको कारण एउटा युवक छोराले सबै घर परिवार छोडेर खाडी मुलुकमा खुन पसिना बगाउनु परेको, घरमा बुढी आमा छोडेर गएको छोराले आफ्नो पिडा मनमा लुकाएर आमालाई मेरो पिर चिन्ता नमान्नुहोस, धन ल्याउला सुखी जीवन बिताउला आमा भनेर सम्झाई राखेको जस्ता धेरै मर्मस्पर्शी भाव समेटिएका छन् । यो गितमा संगीत पदम रोकायाले गर्नुभएको छ, भने स्वर चर्चीत जनप्रेमी गाएक बद्री पंगेनीको रहेको छ । साथै अभिनय लक्ष्मी गीरी, उत्तम केसी, पदम रोकाया र लोकराज थापाले गरेका छन् ।

‘गितमा छोरो जति पिडामा भएपनी बुढी अनि बिरामी आमालाई मेरो पिर नलिनुस, हजुर आफ्नो ख्याल गर्नुस, सधै हामी गरीब, दुखी हुनेछैनौ, हाम्रो नि एकदिन तकदिर फेरिने छ, आमा धन ल्याउछु, अनि सुखी जिवन जिउला, भनेर परदेशी छोराले आमालाई सम्झाई रहेको छ ।’

धनसिंह थापा द्धारा रचित हालसम्म रेकर्डिङ भएका सबै गितहरु नेपालि सांगितिक क्षेत्रमा चर्चामा आएका छन् । हालसम्म उनले रचना गरेर रेकर्डिङ भएका गितहरुमा, तिमिबिना पाईला चल्दैन, सगरमाथाको देश, कर्णाली, कर्णाली नदी, नाईट कल फ्री, जसरी नि आउ घर, नरोउ मेरी आमा रहेका छन् । तिमिबिना पाईला चल्दैन र सगरमाथाको देश धनराज वास्तविक सँग सहकार्य गरेर लेखेका गित हुन् । भने बाँकी सबै गीत धनसिंह थापाले आफै रचना गरेका गितहरु हुन् ।

भिडियो हेर्न यँहा क्लीक गर्नुहोस् ।

को हुन् उनि

जुम्ला जिल्लाको साबिकको मालिकाठाँटा गाबिस हालको तिला गाउँपालिका निवासी पिता आईते थापा र माता सुन्धरा थापाको कान्छो छोराको रुपमा वि. सं. २०४८ सालमा गितकार थापाको जन्म भयो । उनि सानैदेखी गीत संगीतमा रुचि राख्दथे । प्राबी लेबल पढ्दा प्रधानाध्यापक दल बहादुर बुढाले विधालयका अधिकांश कार्यक्रमको लागि थुप्रै गीत रचना गर्थे, उनिबाट गीत रचनामा प्रभावित भएपछि गितकार थापाको पनि रचना कला बढेको हो । उनले कक्षा ५ मा पढ्दा देखि विधालयमा हुने अतिरिक्त क्रियाकलापको लागि गित रचना सुरु गरेका हुन् । अहिले उनि पेशाले सरकारी कर्मचारी पनि हुन् ।

उनि भन्छन.्, ‘बाल्यकालमा रेडियो नेपालबाट बज्ने अग्रज कलाकारका गीतहरु सुनेर प्रभावित हुन्थ्येँ, त्यसैबेलाबाट विधालयमा हुने साँस्कृतिक कार्यक्रममा गीत रचना गर्न थाले, उच्च शिक्षामा पहिलो वर्ष अध्ययन गर्दा पहिलो गीत रेकर्ड भयो, गीत संगीतबाट मनोरञ्जनका साथै देशको पहिचान उच्च बनाउने मेरो चाहाना हो ।’ समाजका वास्तविक समस्यालाई गीतमा जोडी तिनको समाधान गर्न राज्यलाई घच्घच्याउन समेत गीत रचनामा आफ्नो लगाव अँझै बढ्ने उनले बताए । गीत रचना नै मूख्य पेसा नभए पनि यसलाई निरन्तरता दिने उनको अठोट छ ।

प्रकाशित मिति : २०७५ असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस