बर्दिया जिल्ला अस्पतालमा डाक्टरको अभाव

सोम गुरुङ ,बर्दिया ८ कार्तिक / बर्दिया जिल्ला अस्पतालमा प्रर्याप्त दरबन्दी अनुसार डाक्टर नहुदाँ सेवाग्राहीहरु सेवा लिनबाट बन्चित भएका छन् । बर्दिया जिल्लाको जिल्ला अस्पातालमा ६४ जना कर्मचारी दरबन्दी रहेपनि हाल ३४ जना मात्रै रहेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिण्टेण्डेन्ट डा.सुबास पाण्डेले बताउनु भयो ।
हाल यस अस्पातालमा ३ जना बिशेषज्ञ डाक्टर, मेडिकल अधिकृत ४ जना, एमबिबिएस ५ जना र १ जना डेन्टल सरजन डाक्टर रहेकोमा मेडिकल अधिकृत २ मात्र रहेको १ जना जना डेन्टल सरजन डाक्टर अध्ययनको सिलसिलामा बाहिर रहेकोले बिरामीले सेवासुविधाबाट बन्चित हुनुपरेको छ । नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला अस्पातालमा ५० सैयाको बेड भएपनि भौतिक पुर्वधार र प्राबिधिकको कमी समेत रहेको छ । १५ जना बिशेषज्ञ चिकित्सक हुनु पर्नेमा थाई रुपमा १ जना मात्र रहेको र मेडिकल अधिकृतको रुपमा ४ जना कार्यारत हुनु पर्नेमा २ जना मात्रै रहेको र बाँकी छात्रबृक्ति करारका डाक्टर २ जना, मन्त्रालयका १ जना र मिक्ससाईमन सिप इन्टिच्युट संस्थाबाट १ जना बिशेषज्ञ र १ जना मेडिकल अधिकृत रहेको डा. सुबास पाण्डेले बताउनु भयो । बर्दिया बढैयाताल गाउँपालिकाका हरि बहादुर घर्तीले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावले सेवा प्रभावकारी नभएको गुुनासो पोख्दछन् । त्यसै गरि बर्दिया गुुलरिया निवासी सिमा हमालले जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुदाँ नेपालगन्ज जानु पर्ने बाध्यता रहेको बताईन् ।
बर्दिया जिल्ला अस्पातालमा डाक्टर अभाव भएपछि काम गर्न निकै समस्या भएकोले सबै डाक्टर एक आपसमा समन्वय गरेर काम गरीरहेको बर्दिया जिल्ला अस्पतालका सूचना अधिकारी लिला श्रेष्ठ जानकारी दिनुभयो । जिल्ला अस्पातालबाट २४ औँ घण्टा फार्मेसी खोलेर सेवा दिइरहेको त्यसैगरी लैङिग हिंसा पीडित विरामीलाई पनि २४ औँ घण्टा सेवा दिदै आईरहेको छ । गत बर्षको तथ्याङकमा लैङिग हिंसा सम्बन्धी ७३ जनाले सेवा लिएका छन् । हाल बर्दिया जिल्ला अस्पातालबाट टिभी रोग.एच.आई.भी.रोग, लैङिग हिंसा पीडित बिरामी,पोष्टमार्टम, इर्मजेन्सी लगायतको सुबिधा दिदै आएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस