
मानदत्त रावल
जुम्ला । निमार्ण कम्पनिले सम्झौता अनुसार काम नगर्दा विगत १४ वर्ष देखि अलपत्र जाल्पादेवि विद्युत आयोजना यो वर्ष पनि सफल हुन सकेन । असोजसम्म जुम्लाको तातोपानी गाउँपालिकालाई झिलिमिल बनाउने उद्देश्य राखेर यस आयोजनालाई गएको आर्थिक वर्षमा नेपाल हाइड्रो इनर्जी प्रा.लिलाई हस्तान्तरण गरिएको थियो । आजोजनको कुल क्षमता २६ किलोवाट रहेको छ ।
निर्माणको जिम्मेवारी पाएको कम्पनीले नहर खन्ने, पोल गाड्ने बाहेक अरु काम गरेको छैन । १५ करोड लागत रहेको आयोजना टेन्डर प्रक्रियाबाट १० करोडमा निमार्ण गरिने भएको जाल्पादेवि लघु जलविद्युत आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । उनले यो वर्ष आयोजना नसकिए पनि नयाँ वर्षसम्म सक्ने बताए ।
आयोजनाको निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पाँच करोड ७० लाख रुपैयाँ , नेपाल इनभेष्टमेन्ट बैँकले एक करोड ६३ लाख ४० हजार रुपैयाँ ऋण सहयोग गरेका छन् । सिँचाइ डिभिजन कार्यालय जुम्लाको सहयोगमा चार करोड ११ लाख ५४ हजार रकम बराबरको नहर निर्माण गरिएको छ ।