विकास निर्माण बातावरण मैत्री गर– उच्च अदालत तुलसीपुर

सोम गुरुङ,बाँके १२ मसिंर / बाँके जिल्लामा निर्माण भईरहेको भौतिक निर्माणका कार्यहरु जस्तै सडक निर्माण, ढल निकास निर्माण गर्दा बातावरण र स्वास्थ्य मैत्री रुपमा विकास निर्माण गर्नु पर्ने माग राख्दै २०७४ चैत्र ७ गते परेको सार्वजनिक सरोकारको रिट निवेदनको अन्तिम सुनवाईमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा मिति २०७५।०८।१२ गते सो विषयमाथि बहस हुदाँ उच्च अदालत तुलसीपुर सयुक्त इजलास नेपालगन्जका माननीय न्यायाधिशद्धय प्रेम राज कार्की र माननीय न्यायाधीश शान्ति सिहं थापाको सयुक्त इजलाशबाट विपक्षीहरु नाउमा माग बमोजिम परमादेश जारी गर्दै विकास निर्माण गर्दा बातावरण मैत्री विकास निर्माण गर्नु नेपालगजं उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन कानुन बमोजिम गर्नु र २० बर्ष पुरानो गाडीकको नविकरणमा रोक लगाउनु भनि उक्त आदेश जारी गरेको छ ।
बाके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडानं ७ हाल १० स्थित सुचना र मानव अधिकार अनुसन्धान केन्द्रको तर्फवाट अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी र जिल्ला बाके नेपालगजं उपमहानगरपालिका वडा नं.०२ हाल वडा न.१२ अधिवक्ता सुनिलकुमार श्रेष्ठले क्षेत्रिय ट्राफिक कार्यालय, बाँके, नेपाल,भेरी अञ्चल यातायात कार्यालय, बाँके, नेपालगंज, नेपालगजं उपमहा नगरपालिकाको कार्यालय,ऐ. को वातावरण विभाग, जिल्ला प्रशासन कार्यालय, बाके,क्षेत्रिय सडक तथा डिभिजन कार्यालय, बाँके,हुलाकी राजमार्ग कार्यालय, बाँके, जिल्ला
ट्राफिक कार्यालय, बाँके, नेपालगज, मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय, ५ नं. प्रदेश, वुटवल,उधोग,पर्यटन,बन तथा बातावरण मन्त्रालय प्रदेश नं.५ बुटवल समेतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गर्नु भएको थियो । मिति २०७५।०८।१२ मा भएको बहसमा निवेदकहरुको पक्षबाट अधिवक्ताहरु बलबहादुर चन्द ,बसन्त गौतम, विश्वजित तिवारी,केवलसिहं थारु समेतले बहस गर्नु भएको
थियो र नेपालगजं उपमहा नगरपालिका को तर्फबाट अधिवक्ता लोक बहादुर शाह, उच्च सरकारी वकिल कार्यालय नेपालगजको तर्फबाट शाखा अधिकृत दिपा खराल समेतले बहस गर्नु भएको थियो । बाँके जिल्ला र नेपालगन्ज उपमहानगरपालिका वरपर क्षेत्रमा बाटो लगायतको
निर्माणहरु भई रहेको हुदाँ उक्त बाटो लगायतको निर्मागर्दा धुलो धेरै नै उढ्ने गरेको जसले गर्दा आमनागरिकलाई आवतजावत गर्न र श्वास प्रश्वासमा धेरै कठिन महसुस भई रहेकोले नागरिकहरुको जनजीवन र स्वाथ्यमा नकारात्मक असर परेको हुदाँ निर्माणका योजनाहरु गर्दा बातावरण र स्वास्थ्य मैत्री रुपमा विकास निर्माण गर्नु पर्ने अधिवक्ता तिवारी बताउनुहुन्छ । त्यसै गरि नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ काअधिवक्ता बल बहादुर चन्दले सम्पूर्ण विकासको निर्माण कार्य गर्दा धुलो रहित तरिकाले निर्माण हुनु पर्ने र बातावरण र स्वाथ्य मैत्री तरिकाले निर्माण गर्नको लागि कानुन बमोजिम गर्नु पर्नेमा बताउनुहुन्छ । साथै ५ नंं.प्रदेशका मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय,र उधोग,पर्यटन,बन तथा बातावरण मन्त्रालय प्रदेश नं.५ को उपर निजहरुले पदभार ग्रहण पश्चात देखि यो निजहरु उपर सार्वजनिक सरोकारको विषयमा पहिलो रिट निवेदन समेत रहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस