सागर परियार
नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवशको अबसरमा जुम्लामा शुभकामना आदान प्रदान सहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । पर्यटन पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा दिवश मनाइएको हो । दिवशका अबसरमा शुभकामना आदान प्रदान संगै महत्वपुर्ण निर्णय हरु समेत गरिएको छ ।
जुम्लाको पर्यटकिय सम्भवानाहरुको उजार तथा प्रर्बद्धनका लागि पुस १८ गते अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । पर्यटन प्रर्बद्धनमा होटल व्यवसायीहरुको भुमिका, हालको अबस्था र चुनौती र स्म्भावनाका बारेमा छलफल गरिने पर्यटन पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहिले बताए । उनका अनुसार जुम्लाको समग्र पर्यटकिय सम्भवानाको अवधारण पत्र तयार गरी प्रस्तुती समेत गरिने छ ।
भने, क्षेत्रिय होटल व्यवसायीहरुले पनि आफ्न चुनौती र पर्यटन प्रर्बद्धनक लागि गर्न सक्ने योग्दानका बारेमा प्रस्तुती राख्ने भएका छन् । अध्यक्ष शाहिले दिवशका अबसरमा शुभकामना दिए । दिवशकै अबसरमा पर्यटन पत्रकार महासंघ जुम्लाको सचिवमा क्रियाशिल पत्रकार नन्दराम जैशीलाई मनोनित गरिएको छ । महासंघ सचिव सागर परियार केन्द्रिय सदस्यमा मनोनयन भएपछि,रित्त सचिव पदमा जैशी लाई दिवशका अबसरमा मनोनियत गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, पुर्णप्रसाद चौलागाईले विद्यागत पत्रकारिताको एक मात्र बलियो माध्यम पर्यटन क्षेत्र भएको बताए । उनले जुम्लाका पर्यटकिय सम्भावनाको उजारका लागि महासंघले स्थानीय तह संग समन्वय गरी अघि बढनु पर्नेमा जोड दिए । भने, छोटै समयमा महासंघले पर्यटन विद्यामा उल्लेखिय काम गरेको दाबी गरे । कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण पत्रकारहरुको सहभागिता रहेको थियो ।