सामुदायिक विद्यालय नमुना बनाउन सहयोग

मानदत्त रावल, जुम्ला
जुम्लामा एक सय ७० सामुदायिक विद्यालय मध्ये ७० विद्यालयलाई नमुना विद्यालय बनाउन सहयोग गरिएको छ । सरकारी तथा गैरसरकारी निकायको पहलमा नमुना विद्यालय थालनी गएको हो । नेपाल सरकारले नमुना विद्यालय निर्माण गर्ने नीति अघि सारेपछि सोही नीतिमा रहेर गैरसरकारी संस्थाहरुले काम गर्दै आएको छन् ।


नेपाल सरकारले नमुना विद्यालय हुनका लागि सुचकहरु तयार गरेको छ तिनै सुचकलाई परिपुर्तिक गर्नका लागि वल्र्डभिजन नेपाल र प्लान नेपालको साझेदारीमा किर्डान नेपालले जुम्लाका ७० विद्यालयमा काम गर्दै आएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहीले बताए । उनले भने नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०६४ अनुसार काम गरेका छौँ । वल्र्ड भिजनको सहयोगमा १५ विद्यालय र प्लान नेपालको सहयोगमा ५५ विद्यालयमा काम भईरहेको छ ।
विद्यालयमा शिक्षक उपस्थिति हुनुपर्ने, कक्षाकोठामा शिक्षक उपस्थित, विद्यालयको हाताभित्र शौचालय हुनुपर्ने, ९२ प्रतिशत विद्यालय खुला हुनुपर्ने जस्ता नमुना विद्यालय सुचक रहेको किर्डाक नेपाल जुम्लाका फिल्ड अधिकृत नरबहादुर थापाले बताए । यिनै सुचकहरुलाई परिपुर्ति गर्नका गर्नका विद्यालयमा शैक्षिक सामाग्री देखि शौचालय खानेपानी निर्माण, शिक्षकलाई तालिम दिएका छौँ उनले भने । नमुना विद्यालय बनाउनका लागि वल्र्ड भिजन र किर्डाक नेपालको साझेदारीमा तिला गाउँपालिको घोडेसिम गाउँमा रहेको महादेव आधारभुत विद्यालय लगायत १५ विद्यालयमा सहयोग भईरहेको उनले बताए । त्यसैगरी प्लान नेपालसँगको साझेदारीमा भुकम्प प्रतिरोधी विद्यालय भवन निर्माण भएका छन् ।
महादेव आधारभुत विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष कृष्ण रोकायाका अनुसार विद्यालय सुधार र बालबालिकालाई शिक्षण सिकाईमा टेवा पुग्नेगरी किर्डाक नेपालले सहयोग गर्दै आएको छ । उनले भने यसले गर्दामा बालबालिकाको पठनपाठनमा सहज भएको छ ।
शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख महेश देवकोटाका अनुसार विद्यालय सुधारका लागि सरकारी तथा गैरसरकारी निकायले लगानी गरेका छन् । गैरसरकारी संस्था वल्र्डभिजन र प्याल नेपालले विद्यालय नमुना बनाउनका लागि क्रियाकलाप संचालन गर्दै आएको उनको भनाई छ । सरकारी तथा गैरसरकारी निकायको लगानीलाई सदुपयोग गरी विद्यालयलाई नमुना बनउनु पर्नेमा उनले जोड दिए ।
शिक्षण सिकाई क्रियाकलाप सहयोग
नमुना विद्यालय निर्माणका लागि शिक्षण सिकाई क्रियाकलापमा सहयोग गरिएको छ । १–३ सम्मका कक्षाकोठामा बाललिकालाई विछ्याउनका लागि कारपेट, देवल, कुशन, विभिन्न किसिमका कथाबस्तु किसिमका पुस्तक शैक्षिक सामाग्री सहयोग प्राप्त भएको शिक्षक मदनप्रसाद उपाध्यायले बताए । यस्ता सामाग्रीको बहुउपयोग गरी विद्यालयमा सुधार ल्याउने उनले विश्वास दिलाए । घरदेखि विद्यालयसम्म बालमैत्री बातावरणले अध्ययनरत बालालिकाको पढाईमा सुधार देखिएको छ । विद्यालयमा बालमैत्री पढाई, खेल, उदाहरण तथा विभिन्न शैक्षिक तथा मनोरञ्जनका क्रियाकलद्धारा बाल समृद्धि ल्याउने कार्य भैरहेको छ ।
सांकेतिक चिन्हले बालकालिकाको व्यवहार सुधार
बालकालिकाहरु पहिले शौचालय हुँदा पनि खुल्ला रुपमा दिसापिसाब गर्ने गरेपनि विद्यालय हाताभित्र शौचालय र बालमैत्री खानेपानीको पहुच पुगेपछि उनीहरुको व्यवहार सुधार आएको छ । महादेव आधारभुत विद्याल घोडेसिमका शिक्षक उपाध्यायका अनुसार बालबालिकालाई शौचालय र खानेपानीको पहुँचमा समस्या भएको थियो ।
किर्डाक नेपालको शिक्षा कार्यक्रमले शौचालयसहित खानेपानी र हात धुने बानीको विकास गर्न सांकेतिक चिन्ह बनाएपछि बालबालिकाको व्यवहारमा सुधार आएको छ । संकेतका आधारमा पनि विद्यार्थी शौचालय जान थालेका छन् । शौचालयबाट आएर धारामा हात धुने पानी पिउने बानीको विकास भएको छ । विशेषगरी १–३ कक्षासम्म पढ्ने साना बालबालिकालाई शौचालय र खानेपानीको पहुँचमा ल्याउन गाह्रो थियो, अहिले सहज भएको छ ।
जुम्लामा छात्र १७ हजार ८ सय २२ जना, छात्रा १८ हजार ५ सय ९२ जना सामुदायिक विद्यालयमा अध्ययनरत छन् । त्यसैगरी दलित बालिका ६ हजार ३ सय ९७ जना र अपांगता भएका बालकालिका ४ सय ४० जना अध्यनरत रहेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस