सक्षेपमा घटनाको विवरण ः
नयाँ शक्ति पार्टी नेपाल, जुम्लाका पूर्व संयोजक राधाकृष्ण बुडथापाको २०७५ श्रावण २० गते अन्दाजी साझ ९ बजेको समयमा जुम्ला चन्दननाथ न.पा. वार्ड नं. ५ स्थित होटल सनलाईट एण्ड रेष्टुरेन्टमा हत्या गरी बुडथापाको लाश मृत अवस्थामा होटलको दक्षिण तर्फ ६–७ मिटरको दुरीमा जुगाड खोलाको सानो काठेपुल मुन्तिर भेटिएको, मृतकसँग रहेको पर्स र त्यसभित्र रहेको मोबाइल, घाँटीमा लगाएको सुनको सिक्रि, शरिरको माथिल्लो भागमा लगाएको गन्जी, टिसर्ट, ज्याकेट,जनै नभेटिएको, कम्मर देखि तल पाइन्ट खसेको, एउटा खुट्टामा मात्रै जुत्ता लगाइएको र टाउको, निधारमा दावाको उल्टो भाग र दोचो(भुत्ते) फलामे हतियार र हेलमेटले प्रहार गरी अन्दाजी ३ देखि ४ ईन्च गहिरो काटिएको, घाउका खतहरुमा रगत जमेको, शरिरको कोखामा ५ वटा गोटीवाला जुत्ताको निला डाम देखिएको, छाँतीमा क्रस जस्तो फलामे छटले प्रहार गरेको घाँउ भएको,शरिरको अन्य भागमा छाला नखुईलिएको,नघस्र्रिएको,पेट नफुले,पेट र फोक्सामा पानी नभेटिएको र चोटपटक नलागेको अवस्थामा मृतक बुडथापाको लाश भेटिएको र निजले प्रयोग गर्ने मोटरसाइकलको हेलमेट होटलको अगाडी नालीमा भेटिएको, मृतकले प्रयोग गर्ने मोटरसाइकल घटनास्थलबाट अन्दाजी ५०० देखि ६०० मिटर टाढा उत्तर तर्फ नगरपालिकाको वडा नं. ४ स्थित माथिल्लो कालढुङ्गी थानको पश्चिम जुगाड खोलको सानोपुलको पानीमा सकुशल राखिएको, मोटरसाइकलको हेन्डिल सामान्य बाङ्गिएको, मोटरसाइकलको हेडलाईट बलिरहेको, मोटरसाइकल पल्टिएको भन्ने ठाउँको दायाँ बायाँजमिन कतै पनि नघिस्रिएको, घाँस नमारिएको, मोटर साईकललाई सामान्य क्षती भएको अवस्थामा भेटिएको आदि इत्यादी कारणले मृतक बुडथापाको हत्या रहस्यमय ढंगले षडयन्त्रपूर्वक गरिएको ठहर गर्दै नयाँ शक्ति पार्टी केन्द्रिय समितिले २०७५ श्रावण २१ गते हत्याको घोर निन्दा गर्दै यथासिघ्र दोषीहरु पक्राउ गरी कारवाहीको दायरमा ल्याई पिडितलाई पर्न गएको क्षेतिपुर्ति दिन प्रेस विज्ञप्तीद्वारा सरकारसँग माग गरेको, त्यस्तै गरी जिल्ला पार्टीले २०७५ श्रावण २१ गते कायरपुर्ण रुपमा आततायीद्धारा गरिएको नृशस हत्याको निन्दा र विरोध गर्दै हत्याराहरुलाई यथासिघ्र पक्राउ गरी कानुनी कारवाही गर्न र हत्याराहरु पक्राउ नपरेसम्म पिडित परिवारलाई मृतकको लास नबुझ्न अनुरोध सहितको प्रेस जारी ।
पूर्वसंयोजक बुडथापाको रहस्यमय ढंगले हत्या गरिएको ठहर गर्दै जिल्ला स्थित ९ राजनैतिक दलहरुले दोषीहरुमाथि सत्य तथ्यको आधारमा कारवाही गर्न जिल्लामा हत्या हिसा रोक्न २०७५÷४÷२८ गते नेपाल पत्रकार महासघ जुम्लामा बैठक गरि संयुक्त प्रेस विज्ञप्तीद्वारा सरकारसँग माग गरेको ।
त्यस्तै गरि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस पार्टीका पुर्व सयोजक तथा केन्द्रिय परिषद सदस्य राधाकृष्ण बुड्थापाको २०७५ श्रावण २० गते साझ रहस्यमय तरिकाले मृत्य भएकोले यस अघि जिल्लामा घटित अपराधिक कृयाकलापहरु रोकी शान्ति सुरक्षा सुनिश्चित गरि मानव अधिकारको रक्ष गर्न प्रेस विज्ञप्ती जारी ।
नयाँ शक्ति पार्टीका पुर्व जिल्ला सयोजक राधाकृष्ण बुडथापाको २०७५ श्रावण २० गते रहस्यमय तरिकाबाट हत्या भएको ठहर गदै हत्याको घोर निन्दा गदै जिल्लामा यस्ता हिसापुर्ण घटनाहरु नघटाई कानुनी शासनको प्रत्याभुती दिलाउन नेपाल पत्रकार महासघ जुम्लाले सरकार समक्ष माग गदै प्रेस विज्ञप्ती जारी ।
२०७५ भान्द् पहिलो हप्ता राधाकृष्ण हत्याको छानविन गर्न गृह मन्त्रालयका सह—सचिव गोपाल अर्यालको नेतृत्वका जुम्ला आएका ५ सदस्यी समितिले जुम्लामा वुड्थापाको हत्यालाई अध्ययनको क्रममा दायरा फराकिलो पार्ने वाहानामा घटनालाई २ प्रकारले अध्यन गर्दा दुर्घटना हो कि भन्ने अभिव्यक्ती मेडिया मार्फत सार्वजनिक गराए पछि पार्टीले तत्काल भेटघाट गरि त्यो अभिव्यक्ति साच्याउने पार्टीले खबरदारी गरेको र पार्टी पुर्व सयोजक बुड्थापाको मृत्तु दुर्घटनाबाट होईन,रहस्यमय तरिकाले हत्या गरिएको विषयलाई केन्द्रित गरि मिति २०७५ भान्द्र १० गते पार्टीले प्रेस विज्ञप्ती जारी गरेको ।
उक्त दिन मृतक राधाकृष्ण बुडथापा अन्दाजी ७ः१५ को समयमा होटल सनलाइटमा गाउले हेम बुड्थापालाई आपसि लेनदेन कारोवारो चुक्ता गर्न गएको । होटलमा कसुरदार करार गरिएका एंगल लामा (तामाङ्ग), होटल मालिक खड्गजित रोकाय समेतले सँगै बसी होटलको काउन्टरमा साँझपखको नास्तासँगै खाई गित गाएका, मोबाइलबाट फोटो खिचाएका,एकआपसमा भनाभन भई हातहाला भएको र त्यसमा मृतकको गाउँले हेम बुडथापासँग होटलभित्र भेटभई उनीबिचको लेनदेन कारोबार भएपछि, लेनदेन कारोबार पछि हेम बुडथापा होटलबाट बाहिर निस्किएको भनिएको र होटलको काउन्टरमा कसुरदार करार गरिएका होटल मालिक खड्गजित रोकाय, एंगल लामा (तामाङ्ग) र मृतकसँगै बसी नास्तापानी गरी गित गाउँदै गरेका र केही समयपछि एंगल लामा (तामाङ्ग) र मृतक बुडथापाबीच भनाभन भई हात हालाहाल भएपछि मृतकको हेलमेटद्वारा एकापसमा प्रहार भएको,विचमा होटल मालिक रोकायाले झगडा छुट्टाएको वाहाना बनाएको ।मृत्तक पुर्व सयोजक वुढ्थापा र एङ्ग तामाङ लामा विच एकआपसमा झगडा( हानाहान) गरि रहेको अवस्थामा होटल मालिकले झगडा छुट्टाई रहेको अवस्थामा छाँया खत्री नाम गरेको व्यक्तिलाई मृत्तकलाई मृत्तक कै मोटरसाईकलमा घरमा पुराउन होटल मालिक रोकायाले सल्लाह दिएको र आफु र तामाङ होटलको पुल क्रस गरि पशिचम तर्फ लागेको बताएको ।
मृत्तक पुर्व सयोजक वुडथापाको लाश मृत्त अवस्थामा होटलको पछाडि भेटिएको अवस्थामा सबै भन्दा पहिला घटना स्थलमा पुगेका प्रहरी अनुसन्धान तर्फका प्रहरी हवल्दार भीम बोहोराले समय मै उद्धार गर्न आफन्त,चिनेजाने व्यक्तिहरुलाई नदिएको, केही समय वा आधा घण्टा पछि प्रहरी हवल्दार बोहोराले आफै कतैबाट डोरी जस्तो सामानलाई घाँटी र खुट्टामा बाँधी मृत्तकलाई सानो काठेपुलबाट उठाएको त्यहाँ उपस्थितहरुको भनाई ।
घटना प्रकृती र लाश प्रकृति मुचुल्का केरमेट वा थपथाप गरि तयार गरिएको जाहेरवाला रामकृष्ण बुड्थापाको भनाई ।
लाशको पाष्टमार्ट वा मेडिकल प्रतिवेदन तयार गर्दा प्रतिवेदन तयारकर्ता( परिक्षणकर्ता) अलमलमा परेर पछि आफनो सम्वन्धित निकाय(माथिल्लो तह)लाई सोधेर मृत्तुको कारण उल्लेख गरेको कुरा जाहेरवाला रामकृष्ण बुड्थापा र मृत्तकमा निकट आफन्तहरुले बताएको ।
मृतक बडथापाको हत्याको विषयलाई लिएर पिडित परिवारहरुले जुम्लामा हत्याराहरुलाई कारवाही गराउन दबाब स्वरुप आन्दोलन झण्डै एक हप्ता बढि जारी राखेको तर प्रहरी प्रशासनले अनुसन्धान प्रभावित हुन्छ भन्दै मृतकका आफन्तहरुलाई रोक्न बारम्बार अनुरोध गरेपछि आन्दोलन शिथिल हुँदै गएको ।
अतः घटनालाई हत्याको संज्ञा दिँदै घटनास्थलमा भेटिएका होटल मालिक खड्गजित रोकाय र एंगल लामा (तामाङ्ग) उपर मृतकका बुवा राम कृष्ण बुडथापाले २०७५।४।२१ गते कर्तव्य ज्यान मुद्धा चलाउन किटानी जाहेरी दिएपछि रोकाय र लामा माथि पअनुसन्धान अधिकारीले अनुसन्धान गरि परिस्थितिजन्य तथ्य र प्रमाणको आधारमा अभियोग पत्र तयार गदै जिल्ला सरकारी कार्यालय मार्फत जिल्ला अदालत जुम्लामा मुद्धा पेश भई निज कसुरदार रोकाय र लामा(तामाङ) सम्मानित जिल्ला अदालत जुम्लाको थुनछेक आदेश पछि थुनि कारवाहीका लागि जुम्ला कारागारमा थुनामा रहेका र जाहेरवालाले हत्यामा थप संलग्न रहे कसुरदार उपर २०७५ भान्द्र १२ जिल्ला सरकारी वकिल कार्यालय मार्फत पुरक दोस्रो किटानी जाहेरी पेश गर्नु भएको छ । उक्त थप पुरक जाहेरी प्रस्तुत गर्ने विषय २०७५ श्रावण २० गते जिल्ला प्रहरी कार्यालय जुम्ला दर्ता भएको जाहेरीमा उल्लेख गरिएको आधारमा दोस्रो जाहेरी पेश गरिएको ।
हत्या प्रकरण समिक्षा
“बुडथापाको मृत्यु दुर्घटना होइन हत्या हो”
पिडित परिवार, जाहेरवाला, राजनीतिक दल र नागरिक समाजले हत्यामा संलग्न अभियुक्तलाई कारवाहीको दायरामा ल्याउन दबाब बढेपछि हत्यामा संलग्न भनि जाहेरवाला रामकृष्ण बुडथापाले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जि.प्र.का.लाई दोस्रो पटक पूरक जाहेरी दिँदा पनि उक्त जाहेरी अगाडी नबढेको ।
हत्याको जानकारी दिने व्यक्तिको पहिचान आज सम्म नभएको ।
हत्या भएको ३०–३५ मिनेटमा घटना बाहिर आएको ।
मृतकको टाउकोमा दोचो हतियार (दावाको उल्टो भाग) र भुत्ते हतियार जस्तो वस्तुले प्रहार भएको देखिएको, छातीमा फलामे रडले प्रहार गरि क्रस घाउ बनाईएको, शरिरको कोखामा गोटीवाला जुत्ताका ५÷६वटा निला डाम देखिएको ।
शरिर नाङ्गो, कम्मर देखि तल पाइन्ट खसेको, एउटा खुट्टामा मात्र जुत्ता देखिएको ।
मोबाइल, मनि व्याग (पर्स), नगद, घाँटीमा लगाएको सुनको सिक्रि, चस्मा,जनै र माथिल्लो भागमा लगाएको कपडा आजसम्म नभेटिएको ।
हत्या गरिएको होटलको अगाडी दायाँ बायाँ रगतका छिटा देखिएको, होटलको टेबुलमा रगत जस्तो पदार्थ लागेको कपडा भेटिएको ।
होटलको अगाडीको नालीमा मृतकको मोटरसाइकलको हेलमेट भेटिएको ।
मृतकले चढ्ने गरेको मोटरसाइकल घटनास्थल देखि उत्तर लगभग ५००–६०० मिटर दुरीमा सामान्य अवस्थामा भेटिएको र मोटरसाइकलको हेन्डिल सामान्य बाङ्गिएको, हेडलाइट बलिरहेको, मोटरसाइकलले जमिन नघिसारेको ,घाँस नमारेको ।
मृतकको लास भेटिएको स्थानमा टाउकोबाट जमेको बाक्लो रगत बगेको ।
कसरदार करार एंगल लामा (तामाङ्ग) र मृतकबीचको एकापसि हानाहानलाई सामान्यरुपमा हेरिएको ।
कसुरदार खड्गजित रोकाय र अनुसन्धान प्रहरी हवल्दार भिम बोहराको भनाई बाझिएको ।
अभियुक्त एंगल लामा (तामाङ्ग) रक्सि खाई लट्ठ परेको अवस्थामा घरमा सुताइएको भन्ने बाहाना बनाइए पनि हत्याकै समयभित्र उपचार गर्ने निहुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ गएको भन्ने निहु बनाएको ।
घटनास्थललाई प्रहरी प्रशासनले समयमै नियन्त्रणमा नगरिएको (शिल नगरिएको) ।
घटना लगत्तै शंकास्पद अभियुक्तहरु भाग्न उम्कन नपाउने गरी जिल्लाका मुख्य मुख्य नाकाहरु नियन्त्रणमा नराखिएको ।
घटना भएको ७२ घण्टा पछि बरामदी मुचुल्का बनाइएको ।
घटना भएको दोस्रो दिन पिडित जनसमुदायले होटल तोडफोड गरिसकेपछि मात्र मुचुल्का बनाइएको ।
हत्याका आशंकित व्यक्तिहरुको डि.एन.ए. वा रक्त परिक्षण वा अन्य कुनै परिक्षण गर्न वेवास्ता गरिएको ।
अनुसन्धानलाई फराकिलो बनाउने बाहानामा प्रहरी प्रशासनले दबाब आन्दोलन रोक्न पिडित परिवारलाई पटक पटक प्रहरी प्रशासनमा बोलाई आन्दोलन रोक्न मानसिक दबाब श्रृजना गरेको ।
पोलिग्राफि टोलीको प्रतिवेदन बाहिर नल्याईएको,सिविआई,गृहबाट आएको उच्च स्तरिय छानविन टोलीको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेको र अनावश्यक रुपमा भरम फैलाई हत्यालाई मोडेर दुर्घटना तर्फ उच्च स्तरिय समितिको होहल्ला शकास्पद भएको ।
मृतकले प्रयोग गरेको हेलमेट, मोटरसाइकलको हेन्डिलको फिङ्गगर प्रिन्ट जाँच नगरिएको ।
मृतकको फोक्सो ,पेटमा पानी नभेटिएको, पेट नफुलेको, नढाडिएको, मुखमा रगतको छिटा नभएको,लिङ्ग नखुम्चीएको,हातका औलाको छाला नखुईलिएको , शरिरको अन्य भागमा छाला नकोतारिएका, नखुइलिएको,नचाउरिएको आदि ।
कसुरदार बनाइएका खड्गजित रोकायको सर्टमा लागेको रगतलाई हिरासतबाट ४ दिनपछि धुलाउन दिइएको आदि इत्यादी कारण र तथ्यका आधारमा राधाकृष्ण बुडथापाको हत्या रहस्यमय एवम् षडयन्त्रपूर्वक गरिएको कुरा थप पुष्टि हुन गएको छ । हालसम्म गृह मन्त्रालयको उच्च स्तिरिय छानविन समिति, प्रहरी प्रशासन एवम् गृह मन्त्रालयले बुडथापा हत्या प्रकरणमा थप हत्याराहरु कानुनि दायरामा लिन नसक्नु सरकार हत्यारा भन्दा कमजोर,निरह असफल रहेको र काम कारवाही देखिने ,विश्वास लाग्ने चुस्त दुरुस्त नभएको प्रमाणित हुँदै गएको छ ।
निकर्षः
नेपालमा लोकतन्त्र वाहाली पछि १ दर्जन बढी प्रधानमन्त्री र सरकार बने । नेपाली जनताको सामान्य जिवन स्तरमा परिवर्तन आएनन,आएन । कानुन शासनलाई उल्टाउने,विग्रार्ने,उल्लघन गरि कानुन आफनो हातमा लिने वा आफु अनुकुल प्रयोग गर्ने ,कानुन सविभान ऐनलाई हात्तीको देखाउने दाँत जस्तो बनाईएको छ । यहाँ सानालाई ऐन,ठुलालाई चैन बनाईएको छ । शुसासनको नाममा कुशासन, हत्या हिसा अन्त्य गर्ने भन्दा राजनैतिक दवाव,आड्मा अपराधी लुकाउने,प्रमाण नष्ट गर्ने,मानसिक दवावमा अपराध लुकाउने, नेपाली जनतामा आत्मीयता,सदाचार,मित्रता बढाई ,सुशासन कायम गर्ने भन्दा शक्ति र राजनैतिक आड्मा पुस्तौसम्म गल्ती कमजोरी,अपराध र अनियमित कार्यहरु ढाकछोप गर्ने वा माफी दिलाउने आदि गलत कार्य भई रहेका छन ।त्यसैले जुम्लामा गरिएका राधाकृष्ण हत्या प्रकरणलाई राज्य यन्त्रले हल्का रुपमा प्रक्रिया पुराउन खोजेको छ । हामी त्यो मान्ने पक्षमा छैनौ । हामीले कानुन शासन मान्ने कसम खाएकाले अन्तिम समयसम्म न्यायालयको न्यायोचित फैसला वा न्यायको पक्षमा प्रतिक्षा गर्ने छौ ।न्याय र प्रतिक्षाले सिमा नाघेमा हामी पनि हातमुख जोडेर कानमा तेल हालेर बस्ने छैनौ छैनौ ।सके यसै कानुन,अदालत,सरकारबाट न्याय लिने छौ,यदि दिन सके,हामी राजनैतिक पार्टी,कार्यकर्ता हौ ,न्यायका विकल्प खोज्छौ,रोजछौ ।हत्यालाई तोड्मोड गर्ने,ढाकछोप गर्ने,प्रमाण नष्ट गर्ने,लुकाउने , सहयोग पुराउने ,वनावटी प्रमाण बनाउने,ज्वाई कुटी(स्वास्नीलाई कुटेर) बुहारी तर्साउन प्रवृत्तीका विरुद्ध कानुनी सघर्ष राज्यको माथिल्लो निकायसम्म हामी लागि पर्ने छौ । राज्यले न्याय दिन नसकेमा त्यसको बदलामा नयाँ विकल्प रोज्न बाध्य हुने छौ । यो राजनैतिक कार्यकर्तालाई रहस्यमय तरिकाले हत्या गर्नुले यसलाई राजनैतिक हत्याको रुपमा हामीले व्याख्या गरेका छौ ।यदि मृत्तकले कानुन तोडने वा अन्य कुनै गल्ती गरेको थियो भने कानुन अनुसारको बदला लिनु न्यायसगत हन्थ्यो । उसका कमजोरी वा गल्तीको बदला नृशस वा जगधन्य अपराध विकल्प होईन ।
हामी भन्छौ र मान्छौ पनि ःफौजदारी कानुनको सिद्धान्त अनुसार १ जना अपराधी नफत्कोस,१० जना निरपराधीले सजाय भोग्न नपरोस अर्थात दोषी नफुत्कोस,निर्दोषीले सजाय र दुःख नपनओस ।अर्को कुरा के छ भने राज्य,न्यायालय र ईन्साफ गर्ने हर कुनै निकायले दिला न्याय दिनु ,न्याय दिनु होईन ।न्याय गरेर मात्र होईन ,न्याय गरेको देखिनु पर्छ । यस्ता तमाम मान्यता र सिद्धान्तलाई हामी मान्य छौ मान्दै जाने छौ । मान्दा मान्दै पनि अति गरे पति लिई छाड्ने मार्ग अख्तिायार गर्न राज्यले यो हत्या मामलामा बाध्य नपारोस । भनीन्छ बातले नमान्ने बादशाहलाई परेको अवस्थामा लात पनि हान्नु पर्छ ।अन्याय र अत्याचारले सिमा नाघेमा राज्य सत्ता,व्यवस्था,सरकार र त्यस अन्तर्गत सबै जनताले बदलिएका छन ।
लेखक ः नरेन्द्रनाथ योगी, महाधिबेशन अयोजक समिति सदस्य तथा पार्टी इनर्जाज नयाँ शक्ति पार्टी नेपाल, जुम्ला