दुर्घटना न्यूनिकरण सन्देश फैलाउदै अपाङ्गता व्यक्ति

मानदत्त रावल, कर्णाली पोष्ट दैनिक
जुम्ला ः सवारी दुर्घटनामा परी अपांगता भएका व्यक्तिहरु दुर्घटना न्यूनिकरण सम्वन्धी जनचेतना फैलाउदै जुम्ला पुगेका छन् । गुल्मीका लक्ष्मण महत ५ वर्ष अघि रोजगारीको लागि भारत गए । त्यहाँ उनको कामको शिलशिलामा सवारी दुर्घटनामा परी बाँया खुट्टा बाँचियो । परिवार पाल्ने सुनौलो सपना बोकेर भारत छिरेका उनी अपाङ्ग शरिर लिएर घर फर्किए । सानै देखि नृत्यमा स्वखिन उनी विद्यालय स्तरमा पढ्दा विभिन्न कार्यक्रममा नृत्य देखाउन्थे । पछि आर्थिक अभावले आफ्नो चाहनालाई त्यागी परिवारलाई खुसी बनाउन भारत छिरेका थिए ।


दुर्घटनामा परी एक खुट्टा गुमाए पनि उनमा भएको नाच्ने रहर भाँचिएन् । अहिले उनी सवारी दुर्घटना न्यूनिकरण सम्वन्धी सन्देश फैलाउदै एक खुट्टाले नाच्दै जिल्ला जिल्लामा पुग्ने गरेका छन् । यस्तै दाङका चेत बहादुर केसी जन्मजात अपांग हुन् । उनका दुबै खुट्टा उल्टा छन् । महत जस्तै केसी पनि विभिन्न सांगितिक तथा जनचेतना मुलक कार्यक्रम गर्दै देश विदेश घुमिकसेका छन् । उनी एक कुसल नृत्यकारका रुपमा परिचित छन् । अपांग शरिर लिएर केसी नेपालका ६८ जिल्ला घुमिसके । शरिर अपांग भएपनि मेरो मानसिकता अपाङ्ग छैन, उनले भने यहि अपांङ्ग शरिर लिएर देश घुमिसकेका छन् । उनका अनुसार कुनै काम गर्न शरिर सपाङ्ग भएर मात्रै हुदैन उनको सोचाई सकारात्मक हुनु आवश्यक छ ।


देशभरका यस्ता अपाङ्गता भएका प्रतिभाको खोजी गरिहेको छ । राष्ट्रिय अपांगता सास्कृतिक प्रतिष्ठान प्रा.ली.ले । देशभरमा रहेको अपांगता भएका व्यक्तिहरुको प्रतिभा समाजमा प्रस्फुटन गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष आकाश विरहि कान्छाले बताए । पुर्व लडाकु उनको दायाँ खुट्टामा क्यान्सर छ । विभिन्न सामाजिक विषयमा जनचेतना फैलाउदै उनीहरु ६८ जिल्ला घुमिसकेका छन् । पुर्वका जिल्लामा कार्यक्रम सकाएका उनीहरुले अहिले पश्चिम यात्रा गरिहेका छन् । सोही अनुसार जुम्ला पुगेका उनीहरुले सडक दुर्घटना विरुद्ध जनचेतना मुलक सास्कृतिक कार्यक्रम गरेका छन् ।


जिल्ला ट्राफिक कार्यलय जुम्लाको समन्वयमा उनीहरुले यस्तो जनचेतना मुलक सास्कृतिक कार्यक्रम गरेका हुन् । यस्तै गायिका मन्जु पुन, सुर्खेत अपाङ्ग नृत्यङना एलिजा सुर्खेतीसंगै जुम्ला बासी रमाए । अपांगता भएका व्यक्तिहरुको नृत्यमा उनीहरु रमाएका हुन् । अपांगता भएका व्यक्तिको नृत्य हेरेकी जुम्लाकी प्रमुख जिल्ला अधिकारीले कलाकारितामा जनचेतना राम्रो हुने बताईन् । शरिर अपाङ्ग भएता पनि अपांगता भएका व्यक्तिले आफ्नो दुर्वलतालाई चुनौती दिदै समाज सेवामा हिडिरहेका छन् । मानव जीवनको सेवाको लागि पनि हो उनले भनिन् ।
जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी सहायक निरिक्षक माधव रावतका एक पटकको गल्ली कमजोरीले जिवनभर पिरोल्ने गर्दछ । यसले गर्दा सवारी चालक देखि यात्रुले पनि ट्राफिक नियम पालन गर्न अति आवश्यक छ उनले भने जो सुकै पैदल यात्रीले पनि सडक प्रयोग गर्दा सडकको दाया बायामा हिडौँ । बच्चा तथा पशुचौपायलाई जथाभावी सडकमा छोड्ने नगरौँ ।

 

प्रकाशित मिति : २०७५ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस