समृद्धिको आधार बन्दै सहकारी

जुम्ला ः सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए । छरिएर रहेको पुजीलाई एकत्रित गर्दै समाजका विपन्न बर्गका उन्नतीका लागि सहकारीले प्रयोग गर्दै आएको छ । सहकारीले गाउँका महिलाहरुलाई संगठन गरेर उनीहरुको एक आपसमा दुखसुख्ख बाड्ने थलोको रुपमा पनि विकास भएको छ । सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उनले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताए ।


दियालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले शनिबार आयोजनाको गरेको ११ औँ बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा उनको जोड रहेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले समृद्ध समाजको विकास निमित्त सरकारी क्षेत्रको महत्वपुर्ण भुमिका खेल्दै आएको बताईन् । उनले यस सहकारी संस्थाको उन्नती र प्रगतिको शुभकामना व्यक्त गर्दै संकलित पुजीलाई बढी परिचालन गर्नुपर्ने बताईन् । उनले संस्थाका सदस्यहरुलाई आफ्नो बचत सुरक्षित हुनका लागि आवश्यक कागजात बलियो बनाउन पनि सुझाब दिईन ।


सहकारी संस्थाका अध्यक्ष किशोर न्यौपानेले राज्यको नीतिगत ऐन, नीति नियमको अधिनमा रहेर काम गर्दै आएको बताए । उनले भने संस्थाका सदस्यहरुलाई बार्षिक साधारण सभा मार्फत शेयर सदस्य देखि साधारण सदस्यहरुलाई पुजीका विषयमा जानकारी गराउदै आएका छौँ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरम महतले सहकारीको बार्षिक साधारण सभामा शुभकामना व्यक्त गर्दै आम नागरिकको छरिएको पुजीलाई एकत्रित गर्दै लगानी गर्नु सबल पक्ष रहेको बताए ।


लेखा समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे संस्थाको कोषाध्यक्ष प्रकाश आचार्यका अनुसार चुक्त शेयरपुजी ५६ लाख ८१ हजार, ५ सय रुपैया, निक्षेप ४ करोड ४० लाख ३९ हजार ८३ रुपैया, कर्जा लगानी ३ करोड ४९ लाख ७८ हजार २ सय ४७ रुपैया, फाना÷नोक्सान १८ लाख ९९ हजार ३ सय ५९ रुपैया रहेको छ । त्यसैगरी स्थिर सम्पत्ति ३० लाख ५८ हजार २ सय १९ रुपैया र नगद तथा बैक मौज्दात ६८ लाख २८ हजार ७ सय ७९ रुपैया रहेको छ ।
त्यसैगरी दियालो बहुउद्देश्यीय सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभामा नियमित बचत गर्ने, इमान्दार ऋण चुक्ता गर्ने लगायत विभिन्न विधामा सदस्य र कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरेको छ । ६ सय शेयर सदस्य र २ हजार ४ सय बढी साधारण सदस्य रहेको उक्त सहकारी संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस