
सागर परियार,
कर्णाली सर्वसाधारणले अझै पनि बिमाको महत्व तथा आबश्यकता बुझेका छैनन् । जसका कारण बिमा गराउनु पर्छ भन्ने चेतना अधिंकाशमा अझैपनि छैन् । सरदर रुपमा हेर्ने हो भने कर्णालीको कुल जनसंख्याको ७ प्रतिशत नागरिकले मात्रै जीवन बिमा गरेका छन् । जुन बिमा कम्पन्नीको लक्ष्य भन्दा धेरै न्युन हो ।
भविष्यमा हुन सक्ने विभिन्न जोखिम बहनका लागि बिमा आबश्यक छ । त्यसमा पनि जीवन बिमा नभई नहुने पक्ष हो तर स्थानीयमा चेतनाको अभावले गर्दा कर्णालीमा बिमाको पहुँचमा लक्ष्य अनुसार छैनन् । जुम्लामा जम्मा घरधुरी संख्या १८ हजार बढि छ । जस मध्य हाल सम्म एशियन लाईफ ईन्सोरेन्स कम्पन्नीमा ७ हजार बढि जीवन बिमित संख्या छ । भने, ९ सय ३३ जना अभिकर्ता रहेका छन् ।
जो लक्ष्य भन्दा कम हो । हाल सम्म देशभर गरी एशियन बिमा कम्पन्नीमा ४ लाख ५५ हजार नागरिकले जीवन बिमा गराएका छन् । ७८ हजार अभिकर्ता रहेका छन् । जीवन बिमाका लागि कम्पन्नीले झण्डै १५ अर्ब लगानी गरेको छ । भने, २ अर्ब १ करोड पुजिँ चुक्ता गरेको छ ।
चेतनाको अभावकै कारण बिमा गर्न मान्दैनन, त्यसैले विभिन्न चेतना मुलक कार्यक्रमका माध्यमबाट घरघरमा जीवन बिमा कार्यक्रम लागु गरि आम नागरिकको भविष्य सुरक्षित गर्ने अभियानमा एशियन लाईन ईन्सोरेन्स कम्पन्नी लागि परेको जुम्ला शाखा प्रबन्धक विर बहादुर भण्डारीले बताए ।
जीबन बिमा गर्न मोटिभेशन तालिम
आम नागरिकलाई बिमाको पहुँचमा ल्याउनका लागि बिमा मोटिभेशन, बिमा जागर, वित्तिय सारक्षरता, लगायत बिमाको महत्व तथा आबश्यकताका बारेमा चेतना फैलाउनु आबश्यक छ । यस्तै चेतनाको अभाव र आबश्यकता मध्यनजर गर्दै एशियन लाईफ ईन्सोरेन्स कम्पन्नी लिमिटेड जुम्लाले कर्णालीमै पहिलो पटक बृहत बिमा जागर तथा बिमा मोटिभेशन तालिम संचालन गरेको छ ।
मोटिभेशन तालिम पश्चात स्थानीय गणेश ऐडिले आफु पनि तत्तकाल जीवन बिमा गराउने र सबैलाई गर्न लगाउने बताए । जीवन बिमाको आबश्यकता स्पष्ट बुझे भावी सन्ततीको सुरक्षित भविष्यका लागि जीवन बिमा आश्यक रहेछ उनले भने । गाउँ गाउँमा चेतना दिएर जीवन बिमाको पहुँच सबैलाई ल्याउने जागर पलाएको छिरिङ ल्हामु लामा तामाङ ले बताए ।
जीवन बिमाको विश्वाशिलो कम्पन्नी एसियन भएको उनको दाबी छ । शतप्रतिशत नागरिकलाई जीवन बिमाको पहुँच ल्याउन बिमा र यसको महत्व आबश्यकता बारे अभिकर्ता र सर्वसाधारण जानकारी दिन पहिलो पटक मोटिभेशन तालिम गरिएको एशियन शाखाका जुम्ला प्रबन्धक विर बहादुर भण्डारीले बताए ।
उनका अनुसार जुम्लामा रहेका दर्जनौ ईन्सोरेन्स कम्पन्नी मध्य पहिलो तथा नमुना कामका रुपमा बिमाको पहुँच विस्तारका लागि मोटिभेशन तालिम संचालन गरिएको उल्लेख गरे । यस मोटिभेशन तालिमले जुम्ला लगायत कर्णालीका घरघरमा जीवन बिमाको अभियान चलाउने समेत बताए .
मोटिभेसन तालिको प्रक्षिक्षण अन्तर्राष्ट्रिय प्रशिक्षक बिपि रेग्मी, कम्पनिका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा अभिकर्ता, सर्वधारण गरी २ सय बढिको सहभागिता थियो । उत्कृष्ट अभिकर्ताहरुलाई ब्यवसायको आधारमा सम्मान समेत गरिएको छ ।
भने, सोहि अबसरमा जीवन बिमाको दाबी भुक्तानी बाफतको ३ लाख १५ हजार ९ सय रु १५ लाख को मृत्यु दावी शिक्षा खर्च रकम हस्तान्तर गरिएको प्रबन्धक भण्डारीले बताए । मृतक सिजाँ गा,पा,६ निवासि शिवचन्द बुढाको परिवार सजना बुढा लाई हस्तान्तरण गरीएको हो ।