काउन्सील विद्येयक विरुद्ध जुम्लाका पत्रकार सडकमा

सागर परियार
प्रेश काउन्सीलको विद्येयक विरुद्ध शुक्रबार जुम्लाका पत्रकार सडकमा उत्रेका छन् । विद्येयक संशोधनको माग सहित पत्रकारितामा प्रयोग गरिने विभिन्न संचार सामाग्री सहित जुम्लाका सम्पुर्ण पत्रकारहरु सडकमा आएका ह्न् । प्रेश स्वतन्त्रतामा अंकुश लगाउने विद्येयक विरुद नेपाल पत्रकार महासंघको घोषित केन्द्रिय कार्यक्रम अनुसार जुम्लाका पत्रकारहरु संचार सामाग्री सहित प्रशासन कार्यालय अगाडी धर्नामा उत्रेका छन् । नेपाल सरकारको मन्त्री परिषदबाट पारित भई गत बैसाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजेको भन्दै त्यसको विरोधमा देशभरका पत्रकारहरु आन्दोलित भएका छन् ।

केन्द्रबाट घोषित कार्यक्रम अनुसार संचार सामाग्री क्यामरा रेर्कडर, ल्याप्टप सहित सकडमा धर्ना दिएएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष नेत्र शाहिले बताए । प्रशासन कार्यालयको अगाडी बेस्थ सडकमा जुम्ला स्थित एक दर्जन बढि पत्रकारहले धर्ना दिएका छन् ।
मिडिया काउन्सिल गठन गर्न सरकारले दर्ता गराएको विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुंठित गर्ने प्रावधानहरु राखिएकोले पत्रकारहरुले आन्दोलन गर्नुपर्ने बाध्यता आएको उपाध्यक्ष शाहिको भनाई छ । काउन्सिल विद्येयक प्रेश स्वतन्त्रतामा अंकुश मात्र नभई हदै सम्मको सजाय हुने व्यवस्था छ । जो पत्रकारहरुको हितमा छैन् ।

काउन्सिलको स्वायत्तता नरहने गरि नियन्त्रित अंगका रुपमा गठन गरिने काउन्सिलले सञ्चार क्षेत्रको पुनर्संचनाको आवश्यक्ता विद्येयकले सम्बोधन गरेको छैन् । पत्रकार आचासंहिता उल्लङ्घन गरी समचार सम्प्रेरण गरेमा १० लाख देखि १ करोड सम्म जरिवाना र १० वर्ष कैद हुने व्यवस्था छ । देशमा मौलाएको कालोबजारी, घुसखोरी विरुद कलम चलाएमा भराउने क्षतिपुर्तिको कठोर आर्थिक दण्डले प्रेस स्वतन्त्रतालाई आघात पार्ने देखिन्छ ।

मिडिया काउन्सिल विधेयकका साथै सञ्चार सम्बन्धी सबै कानुनहरु महासंघ सहित सबै सरोकारवालाहरुसंग छलफल गरेर मात्रै ल्याउन सरकारसंग महासंघले माग गरेको छ । धर्नाबाटै संसदमा पेश गरिएको काउन्सि विद्येयक यथासक्य संशोधन गर्न माग गरिएको छ । गमहांसघको कार्यक्रम अनुसार जिल्ला स्तरमा निरन्तर विभिन्न विरोधका कार्यक्रम गरिने भएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस