भलिबलमा कालिका मावि बड्की विजयी

मानदत्त रावल, जुम्ला : 
समृद्र खुशि हिमा गाउँपालिका निर्माण गरौँ हामी सवैको सान, हिमा गाउँपालिकामा खेलकुद विकास गर्ने हाम्रो अभियान भन्ने मुल नारा सहित सुरु गरिएको रनिङ्गसिल्ड भलिबल प्रतियोगतामा छात्रतर्फ कालिका मावि बड्की विजयी भएको छ । शुक्रबारको फाइनल खेलमा राहदेव माध्यामिक विद्यालय मोफ्लालाई हराउदै कालिका माध्यामिक विद्यालय बड्की विजयी भएको हो ।


त्यसैगरी छात्रातर्फ राहदेव माध्यामिक मोफ्लालाई हराउदै नेत्रज्योती माध्यामिक विद्यालय विजयी भएको हिमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले बताए । आगामी जेठ २५ गतेबाट सुरु हुने रनिङ्गसिल्ड प्रतियोगिताका लागि खेलाडी छनौटका लागि गाउँपालिकाले आयोजना गरेको उनले बताए ।


गाउँपालिका भित्र अन्तरमाध्यामिक विद्यालय स्तरका खेलकुद प्रतियोगिता गर्ने र विद्यार्थीहरुका क्षमतालाई बृद्धि गर्ने उद्देश्य हो । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार यस गाउँपालिका भित्र दुई वटा रंगशाला निर्माण गरेका छौँ । उनले भने खेल क्षेत्रको विकास गर्नका लागि गाउँपालिकाको लगानीमा रंगशाला निर्माण गरिएको हो ।


गाउँपालिकाको आयोजनामा संचालित प्रथम स्थानीय अन्तर माध्यामिक विद्यालय रनिङ्गसिल्ड प्रतियोगिता हो । भलिबलमा छात्रातर्फ ६ टिम र छात्रतर्फ पनि ६ टिम नै सहभागी भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी आगामी दिनमा हुने रनिङ्गसिल्ड प्रतियोगिताका लागि एथेलेटिक्स, कबटी, हाईजम, लमजम, लगायत एक दर्जन खेलका लागि खेलाडी छनौट भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस