पातारासीमा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता हुने

जुम्ला ः पातारासी गाउँपालिकाले पालिका स्तरिय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराको संयोजकत्वमा आइतबार बसेको निर्देशन समितिको बैठकले यस्तो निर्णण गरेको हो आगामी जेठ १९ र २० गते प्रथम पालिका स्तरीय रनिङसिल्ड प्रतियोगिता पातारासी गाउँपालिका – ३ मालिका माध्यामिक विद्यालय लोटचौरमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


अन्तरमाध्यामिक विद्यालय स्तरको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा अनिवार्य सबै विद्यालयले भाग लिनका लागि गाउँपालिका भित्रका सबै मावि स्तरका विद्यालयलाई पत्रचार सहित सूचना पनि प्रकाशित गरिएको प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनले भने पालिका स्तरको प्रथम राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताका लागि तयारी भईरहेको छ ।
आगामी जेठ २५ गते देखि जिल्ला स्तरको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता हुने भएकोले गाउँपालिका स्तरबाट खेलाडी छनौट भईरहेको जिल्ला खेलकुद विकास समितिका प्रमुख बरमबहादुर महतले बताए ।
त्यसैगरी पातारासी गाउँपालिकाले यही जेठ १० गते छुमचौर ज्यूलोमा धान दिवस मनाउने भएको छ । प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार विश्व अग्लो स्थान २८ सय ५० मिटर उचाईमा धान फल्र्ने छुमचौर ज्यूलोमा धान दिवस मनाउने भएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस