
सागर परियार
सानीमा लाईफ ईन्स्योरेन्स कम्पन्नीको ४४ औँ शाखा जुम्लामा विस्तार गरिएको छ । आईतबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले ४४ औ शाखाको उद्घाटन गरे । ईन्स्योरेन्स कम्पनीका महाप्रवन्धक शिवराज तिमिल्सीनाको अध्यक्षता तथा जिसस उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन संगै सेवा शुचारु गरिएको छ ।
समयको विकास संगै मानविय तथा व्यापारिक जीवनमा जोखिमहरु बढ्दै गएका छन् । कुनै पनि ढंगबाट सबैको भविष्य असुरक्षित छ । भविष्यको पुस्ताको सुरक्षा र जोखिम न्युनिकरणका लागि बिमा अति आबश्यक कुरो । जो बल्ल बल्ल कर्णालीका नागरिकले बुझ्दै छन् । जति समयको विकास हुदै उतिनै जोखिम बढ्दै छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले सुरक्षित भविष्यका लागि जीवन बीमा अनिवार्य भन्ने चेतनाको पहुँचमा नागरिक पुगेका छन् ।
त्यसैले पनि जीवन बिमा आबश्यकताको विषय बनेको उनले बताए । त्यस्तै उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले व्यापारिक जोखिम अन्त्यका लागि बिमा आबश्यक भएको बताए । कर्णालीमा बढ्दो चेतनाको स्तरसंगै बिमाको पहुँचमा पनि बृद्धि हुदै गएको बताए । बिमा कम्पन्नीले आफ्ना सेवा तथा विश्सनियताका आधार गाउँ गाउँमा स्पष्ट पार्नु पर्नेमा उनले जोड दिए ।
सानिमा लाईफ ईन्स्योरेन्स कम्पन्नीका महाप्रबन्धक जीवराज तिमिल्सीनाले अझै लक्ष्य अनुसारका नागरिक बिमित नभएको बताए । राष्ट्यि बिमा समितिको तथ्याक अनुसार देशको कुल जनसख्ंयाको १७ प्रतिशत नागरिक मात्रै बिमित छन् । यो तथ्यांक अनुसार कर्णालीमा ० प्रतिशत बिमित भएको मानिन्छ । अब सानिमा लाईफ ईन्स्योरेन्सले गाउँ गाउँमा गएर घरदैलो बिमा कार्यक्रम संचालन गर्ने बताए । कार्यक्रममा सहभागी बंैक तथा वित्तिय संस्थाका प्रमुखहरुले बिमा कम्पन्नीहरुले सेवामा गुणस्तर विश्वसनियता फैलाउनु पर्ने बताए ।
नमुना ३ बिमा योजना
आईतबार बाट शाखा उद्घाटन संगै सेवा शुचारु गरेको सानिमा लाईफ ईन्स्योरेन्स कम्पन्नीले ३ वटा नमुना बिमा योजना लागु गर्ने बताएको छ । कम्पन्नीका मुख्यबजार व्यवस्थापक गणेश चैलागाईका अनुसार बिमांक रकम सहित दोब्बर बोनस सहित दाबी भुक्तानी दिने बताए ।
सानिमा जीवनश्री बिमा, शुभलक्ष्मी जीवन बिमा र दम्पत्ति जीवनले उत्कृष्ट सेवा दिने उल्लेख गरे । यी तिनै बिमा योजनामा जम्मा गरेको दोब्बर बिमांक रकम र बोनस पनि ३५ प्रतिशत छुटै दिने छ । सबैका लागि बिमा जीवन बिमाका लागि सानिमा भन्ने मुल नाराका साथ यी तीन योजना सहित गाउँ गाउँमा गएर नागरिकलाई बिमाको पहुँचमा ल्याउने बताए ।
बेरोजागरीको न्युनिकरणका साथै बिमाको पहुँचमा विस्तार गर्न शाखा जुम्लामा विस्तार भएको छ । बिमाको पहुँच संगै चेतना विस्तारमा पनि कम्पन्नी गाउँगाउँमा पुग्ने जुम्ला शाखा प्रबन्धक रवि नेपालीले बताए ।