दुर्गमका शिक्षक र पत्रकार बालकथा निर्माणको लागि काठ्मान्डौमा

सागर परियार । काठ्मान्डौ ,दुर्गमका विद्यालयमा शिक्षण सिकाई अझै बालमैत्री हुन सकेको छैन् । अझ त व्यवहारिक शिक्षाका बारेमा सोचिएको पनि छैन् । बालबालिकाको पढाईमा अभिरुचि बढाउनका लागि उनिहरुको मनोआकांक्षा अनुुसारको शिक्षण अबाश्यक हुन्छ । जसका लागि साना कक्षामा रटन्ते शिक्षामा पढाउने प्रबृत्ति अन्त्य गर्नु पर्दछ । जसको सटामा विभिन्न बालकथाका माध्यमबाट पढाएमा बालबालिकाले रुचि देखाउने विभिन्न अध्यायनहरुले पनि देखाएको छ । यसको प्रयास भने, दुर्गमका विद्यालय तथा गाउँमा शिक्षा परियोजना अन्तरर्गत प्रारम्भीक शिक्षा कार्यक्रमले गरेको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकालाई विभिन्न कथाबस्तुका आधारमा शिक्षण गराई उनिहरुको सिकाई बृद्धिमा जोडदिनु पर्छ भन्ने उद्देश्य सहयोगी संस्था वल्र्डभिजनको लक्ष्य हो । नेपालका अधिंकाश दुर्गम विद्यालयमा बालबालिकालाई पढाई हुने बालकथाहरु सबै विदेशीलाई नेपालीमा परिमार्जित गरिएका हुन् । अति थोरै कथा मात्रै बालकथा नेपाली छन् । जस्तो मेरो आमाको खुुसी भन्ने बालकथा भर्खर निष्कीएको छ । शिक्षा क्षेत्रमा लामो समय नेपालमा काम गरेको वल्र्डभिजन संस्थाले नेपालमै बालकथा निर्माण गरी दुर्गमका बालबालिकाको सिकाई अभिबृद्धि गर्ने लक्ष्यका साथ शैक्षिक सामाग्री निर्माण तथा कथा लेखन सम्बन्धीको तालिमको आयोजना गरेको छ । ललितपुर स्थित गोदावरी भिलेज रिर्सोटमा संचालन भईरहेको छ । शिक्षा क्षेत्रमा लामो समय देखि कलम चलाईरहेका पत्रकार तथा शिक्षक र शिक्षामा काम गर्ने गैससलाई बोलाएर काठ्मान्डौमा टट तालिम संचालन गरिएको वल्र्डभिजनले जनाएको छ । बालबालिकाले बुुझ्ने सरल, स्पष्ट शुद्ध बालकथा निर्माण सम्बन्धी ५ दिन सम्म संचालन हुने तालिममा सिकाईने प्रशिक्षक पवनसिह कार्कीले बताए । उनका अनुसार नेपालका बालबालिकालाई रटाउनु भन्दा कथाका माध्यमबाट सिकाउनु अतिआबश्यक रहेको बताए । पढाउने शिक्षक पत्रकारहरुले आफ्नै गाउँठाउँमा बालबालिको रहनशनह, परिबेश अनुसारको कथा निर्माण गरी सिकाई बृद्धि गरिने छ । तालिमबाट सिकेका कुराका आधारमा बालकथा निर्माणको लागि निकै सहज हुने सहभागी किर्डाक नेपाल जुम्लाका नर बहादुर शाहिले बताए । उनका अनुसार बालबालिकालाई उत्साहित तरिकाबाट सिकाउनका लागि बालकथा अति आबश्यक पक्ष हो । गाउँघरमा पाईने बस्तु, रहनसहन, परिबेश अनुसारको कथा निर्माण गरि बालबालिकालाइ विद्यालयको पहुँचमा ल्याउन काम गरिने जुम्लाका शाहिको भनाई छ । सिडिसि डोटीका शंकर विश्वकर्माका अनुसार वर्तमान रटन्ते शिक्षालाई अन्त्य गर्न विद्यालयम बालकथा अनिवार्य अनिवार्य छ । बालकथा निर्माणका लागि ५ दिने तालिममा सिकेका आधारमा फर्केर स्थानीय परिबेश,संस्कृति अनुसार बालबालिकाले बुझने सरल भाषामा कथा निर्माण गर्ने बताए । ५ दिन सम्म संचालन हुने टटमा जुम्ला, डोटी,उदयपुर लम्जुङ लगायतका जिल्लाबाट ५ वटा बढि संस्था र शिक्षक गैससकमीृ तथा पत्रकार गरी २५ जना सहभागी छन् । डोटीबाट नागरिक कर्मी,जुम्लाबाट कारोबारकर्मी, तथा अन्य जिल्लाबाट रेडियोकर्मी छनौट गरिएको छ । भने तालिम पश्चात गाउँ गाउँमा गएर कथा निर्माण गरि विद्यलायमा पढाईने छ । तामिल जेठ १३ देखि १७ गते सम्म संचालन हुने छ । जुम्लाको किर्डाक नेपाल लगायत अन्य जिल्लाका शिक्षा सम्बन्धी काम गर्ने गैरसरकारी निकायहरुका प्रतिनिधिहरुको सहभागिता छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस