कर्णाली पोष्ट दैनिक
जुम्ला ः विकास, अनुशासन र गतिशिलता भन्ने मुल नारा सहित सुरु गरिएको तिला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्गसिल्डको विजेता सरसस्वती माध्यामिक विद्यालय कुडारी भएको छ । गोल्ड १४ रजत ४ र कास्य २ गरी २० अंकभार प्राप्त गरेपछि रनिङसिल्ड जितेर प्रथम भएको हो । त्यसैगरी सेतीवाडा माध्यामिक विद्यालय नुवाकोटले ५ गोल्ड, ९ रजत र २ कास्य गरी १६ अंकभार प्राप्त गरी दोस्रो भएको शिक्षा शाखा संयोजक दिपेन्द्र हमालले बताए । ज्योती माध्यामिक विद्यालय राँसामालापानीले ४ गोल्ड, १० रजत र ६ कास्य गरी २० अंकभार प्राप्त गरी तेस्रो भएको हो ।
सिता माध्यामिक विद्यालयले ७ गोल्ड, १ रजत र ७ कास्य गरी १५ अंकभार प्राप्त गरेको जनाएको छ । त्यसैगरी रनिङसिल्ड प्रतियोगितामा देउराली माध्यामिक जुम्लाकोट र जनजागृती माध्यामिक घोडेपोखरीको पनि सहभागीता रहेको आयोजकले जनाएको छ । आगामी जेठ २५ गतेबाट सुरु हुने रनिङ्गसिल्ड प्रतियोगिताका लागि खेलाडी छनौटका लागि गाउँपालिकाले आयोजना गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने खेल क्षेत्रका विकासका लागि यस्ता प्रतियोगिता निरन्तर गरिने छ । गाउँपालिका भित्र अन्तरमाध्यामिक विद्यालय स्तरका खेलकुद प्रतियोगिता गर्ने र विद्यार्थीहरुका क्षमतालाई बृद्धि गर्ने उद्देश्य हो ।
जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख तथा पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतका अनुसार खेलकुद प्रतियोगितामा अनुशासन महत्वपुर्ण हुन्छ । आगामी २५ गते देखि हुने राष्ट्रिपति रनिङसिल्ड प्रतियोगितामा १८ बर्षमुमिका खेलाडी मात्र छनौट गर्न सुझाए । आगामी दिनमा हुने पालिका स्तरीय खेलकुद प्रतियोगितामा व्यवस्थापकिय पक्षलाई ध्यानमा राखी सुधार गर्न पनि उनले आग्रह गरे ।