सागर परियार,
जुम्लामा सयौ शताब्धीपछि मार्सी धान एतिहास सार्वजानिक भएको छ । जुम्लामा ११ सय वर्ष पहिले महापुरुष लछालकृति पैकलोले तातोपानी २ को लाछु जिउलोमा धान रोपेको किवंदन्ती सार्वजानिक भएको हो । लछालकृति पैकेलो, तातोपानी २ को झारखोली भन्ने जंगलमा बेसारिसे अबस्थामा थिए ।
गुरुफोक्टो रोपाई दिवशको उद्घाटन गर्दै
११ सय वर्ष पहिले स्वर्गीय कुचे बुढाले जंगलमा रोहि रहेको अबस्थामा भेटे पैकलो नामको बच्चालाई भेटे, उसलाई घरमा ल्याएर लापालन गरेपछि एक दिन पैकलो आफै गएर हाल धानका खेत रहेको लाछु ज्युलोको घना जंगलमा कालीमार्सी धान उत्पादन हुने भन्दै उनले खन्न थाले ।
स्थानीय ८० वर्षिय नन्दप्रसाद अधिकारीले भने, ११ सय वर्षको समयमा उनले पैकेलोले एक्ले खनेर धान रोपे पछि ५ महिनाको अवधिमा कालीमासी धान उत्पादन भएको हो । अधिकारीले पनि आफ्ना बुढा बाजेको भनाईलाई उद्रित गर्दै भने, खेत खन्ने क्रममा हिलो लागेपछि हिलो पुछ्न पैकेलोले (घुडो कोचेर) पानीको मुहान निकालेको समेत एतिहास जिवित छ । जसलाई मुखमुल भनेर समेत नामाकरण गरिएको छ ।
पैकलो एक महाँ पुरुषका रुपमा तातोपानीको विकासमा जुटेपछि सिंजाका शक्तिशाली जालान्धर राजाले उनलाई विभिन्न प्रलोभनमा पारी एकै राज्यमा दुई राजा नहुने भन्दै पैकेलो मारेको समेत ईतिहास छ । स्वर्गीय लेखक रत्नाकर देवकोटाको एक पुस्तकमा पैकेलोले जुम्लामा अनिकाल नहोस भन्दै घना जंगल फाडेर खेत बाउने शक्ति दिएको र त्यसपछि मात्रै सबैले खेत बनाउदै मार्सी रोप्दै गरेका थिए ।
पहिलोको घना जंगल अहिले जिल्लाकै सबै भन्दा ठ्लो मासीृ फल्ने ज्युलो बनेको छ । लाछु ज्युलोमा धान रोपि सकेपछि, मात्रै बाबा चन्दननाथले सेरा खेतमा कास्मीरबाट ल्याउर धान रोपेका हुन् । भने छुमचौर ज्युुलोमा पनि दशक पछि मात्रै रोपाई भएको थियो । ११ सय शताब्धीमै, जालान्धर राजाले पैकेलो महापुरुषलाई मारेपछि उनको एतिहास त्यतिकै ओजेलमा परेको थियो ।
लछालकृति पैकेलोलाई जयजयकार
तर हाल स्थानीय सरकार आएपछि यसको संरक्षणमा जुटेको छ । लछालकृति पैकेलाको संरक्षण अभियानमा ३ नम्बर वडा अध्यक्ष डिल्ली रावल अग्रसर भएका छन् । भने अहिले उक्त गुरुफोक्टो तातोपानी २ का धनबहादुर बुढाले खेती गर्छन् । त्यो खेतमा वर्षेनि अरु खेतमा उउत्पादन भएपनि नभएपनि गुरुफोक्टोमा एक सुपो उत्पादन हुने धनबहादुर बुढाले सुनाए ।
गुरुफोक्टो रोपाईमा मई लगाउँदै ३ नम्बर वडाध्यक्ष डिल्ली रावल
जुम्लामै पहिलो मार्सी धान फलेको लछालकृति पैकेलो नामाकरण गरेको खेत (गुरुफोक्टो)मा विहिबार जिल्ला व्यापी रोपाई महोत्सव गरिएको छ । एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसान गरी हजारौकोसहभागितामा रोपाई महोत्सव गरिएको हो ।
गुरुफोक्टो रोप्नु अघि बिगारो लगाउँदै तातोपानी गापाका अध्यक्ष नवराज न्यौपाने
स्थानीय सरकार आएपछि, जुम्लामै पहिलो मार्सी फलेको गुरुफोक्टो र मार्सीको पहिचान जोगाउन जिल्ला व्यापारी रुपमा रोपाई महोत्सव गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए । उनका अनुसार कार्यापालिकाको बैठकमा छलफल गरी जेठ ३० मा पैकेलोका सम्झनामा सार्वजानिक विदा दिने बताए ।
गुरुफोक्टो रोप्दै पुर्वराज्यमन्त्री देखि गापाका उपाध्यक्ष लगायत अरु
गुरुफोक्टोमा पुल्ती हाल्दै उपाध्यक्ष गंगादेवि उपाध्याय र गुरुफोक्टो धनी मन्नु बुढा
मार्सीको धानको पहिलो खेत गुरु फोक्टोलाई पर्यकिय क्षेत्रका रुपमा विकास गर्नु पर्नेमा पुर्व राज्य मन्त्री गोमा कुँवर जोड दिईन । भने, पैकलोको ईतिहासलाई जिवित राख्ने मार्सीको जर्गेना गर्न गुरुयोजना बनाउन जिससका प्रमुख लाल बहादुर सार्कीले सुझाब दिए ।
भने, पैकेलोको एक सालिक बनाउनु पर्ने, र अध्यक्षकोष स्थापना गर्दै सरक्षण तथा प्रर्बद्धनको काम गर्नुमामा जुम्ला बासीले जोड दिएका छन् । जुम्लाका सबै जनप्रतिनिधिले गुरुफोक्टोको संरक्षण र मार्सी बचाउनका लागि जिल्ला व्यापी अभियान चलाउने बताएका छन् ।
गुरुफोक्टोमा पुर्वराज्यमन्त्री देखि गापाका अध्यक्ष लगायत अरु
गुठिचौरका अध्यक्ष हरि बहादुर भण्डारीले तातोपानी धार्मिक, प्राकृति तथा सांस्कृति पर्यटनको हब भएको समेत दाबी गरे ।
यसमा गाउँपालिकाले प्रयाप्त लगानी गर्नुपर्नेमा जोड दिए ।
गुरुफोक्टोमा , हिलो खेलेका जनप्रतिनिधि
भने प्रत्यक वर्ष जेठ ३०मा जिल्ला व्यापी धान रोपाई महोत्सव हुने उपाध्यक्ष गंगादेवि महतको भनाई छ । हजारौको सहभागितामा जिल्लाकै एक पर्वका रुपमा रोपाई महोत्सव सम्पन्न भएको प्रमुख प्रशाससकिय अधिकृत नेत्रराज गिरीले बताए ।