
सागर परियार
तिला गाउँपालिका ६,७ र ८ का सात सय ११ घरधुरीलाई बाल्टी वितरण गरिएको छ । जुम्लालाई खुल्ला दिशामुक्त घोषणा गरिसकेपछि पुर्ण सरसफाईको अभियान शुरु भयो । तर पनि गाउँघरमा विपन्न समुदायको आर्थिक अबस्था कमजोर भएकोले पनि भाडा राख्ने जुुठेल्ला, खानेपानी बाल्टी समेत किन्ने अबस्था छैन् ।
पुर्ण सरसफाईको अभियानलाई पुर्णता दिने लक्ष्यका साथ किर्डाक र वल्र्डभिजनद्धारा संचालित सिंजा सिईएसपी कार्यक्रमबाट तिलाका सात सय ११ स्थानीयलाई बाल्टी वितरण गरिएको फिल्ड अधिकृत सर्जन रोकायाले बताए । उनका अनुसार बाल्टी वितरण संगै स्थानीयका घरघरमा भाडा धोएर सुरक्षित राख्ने जुठ्ेल्ला समेत बनाएका छौ ।
भने आम नागरिकलाई पुर्ण सरसफाईका सुचक बारे जानकारी, व्यक्तिगत, पारिवारिक तथा सामुहिक सरसफाईका बारेमा सचेतना दिने गरेको अर्का फिल्ड अधिकृत नर बहादुर थापाको भनाई छ । पुर्ण सरसफाई अभियानलाई सफल पार्न ग्रामिण क्षेत्रका नागरिकको आनीबानी परिवर्तनमा जोड दिनु पर्ने बताए ।
बाल्टी पाउँदा स्थानीय भक्त बहादुर रावत निकै खुसी छन् । गाउँमा आएर सरसफाईका लागि जुठ्ेल्ला निर्माण देखि बाल्टी दिएर राहात दिएको उनले बताए । तिला ६, ७ र ८ वडा सात ११ घरधुरीलाई पुर्ण सरसफाईको अभियानमा जुट्न समेत सिकाइएको छ ।