सरकारले १३ दिन सार्वजनिक विदा थप्दै,यस्तो छ सूचि ः

काठमाडौं । विदा कटौती गरेको आरोपमा आलोचना खेप्दै आएको सरकारले विभिन्न १३ वटा चाड पर्वहरुमा सार्वजनिक विदा दिन लागेको हो । गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले दिएको सिफारिसका आधारमा सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रिस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन्।

हेर्नुहोस सुचि ः

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस