औद्योगिक व्यापार महोत्सवको तयारी पुरा

हस्त बुढा । कर्णाली प्रदेशको पर्यटकिय शहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सवको अन्तिम तयारी पुरा भएको छ । कर्णालीमै दोस्रो पटक आयोजना भएको ठुलो र लामो औद्योगिक व्यापार प्रादेशिक महोत्सव भदौ १९ बाट शुरु हुने छ । भदौ १९ देखि २९ सम्म १० दिन सम्म महोत्सव संचालन हुने उद्योग बाणिज्य संघ जुम्लाले जनाएको छ । भने, दोस्रो प्रादेशिक महोत्सवको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले गर्ने छन् । त्यसका साथै एकसयबढि स्टलहरु पनि बुकिङ भईसकेका छन् ।

राष्ट् ितथा स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिने छन् । कृषि उत्पादनको प्रर्बद, बजारीकरण तथा आर्थिक समृद्धीका लागि दोस्रो पटक जुम्लामा प्रादेशिक महोत्सव हुन लागेको हो । उद्योग बाणिज्य संघ जुम्लाले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको अीनतम तयारी पुरा भएको जानकारी दिएको छ । भने आम जम्लाबासीलाई महोत्सवलाई सफल्ता पुर्वक सम्पन्न गर्न समेत अपिल गरिएको अध्यक्ष रज्जव अलि मनिहारले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस