
जुम्लामा छाउपडी कुरीति विरुद्ध महायज्ञ गरिएको छ । महिनावारी हुँदा घरमा बस्नु हुन्न भन्ने मानसिकताको अन्त्यका लागि महायज्ञ गरिएको हो ।
महिलाको प्रत्यक्ष जीवनसँग जोडिएको महिनावारीलाई लिएर सामाजिक अन्धविश्वासका कारण गरिएको भेदभावलाई अन्त्य गर्न, महिला हिंसा, बालविवाह, बहुविवाह, घरेलु हिंसा मान्दैनौ भन्ने संकल्प महायज्ञमा सांसददेखि जुम्लाका आठै स्थानीय तहका जनप्रतिनिधि गरेका छन् ।
सुदुरपश्चिम तथा कर्णालीमा चलेको छाउपडी प्रथा उन्मुलनको महाअभियान अन्तर्गत जु्म्लामा गरिएको महायज्ञले सुधारका लागि ठुलो मद्दत गरेको ब्राह्मण रमान्नद आर्चायले बताए । उनले महायज्ञमार्फत छाउपडी लगायत कुरीतिलाई नष्ट गर्न खोजेकाले यसको सकारात्मक सन्देश जाने बताए ।
चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले महायज्ञमार्फत कुरीति विरुद्ध सन्देश दिएर महिलामाथि हुने गरेको थिचोमिचो अन्त्य गर्न मद्दत पुग्ने बताइन् ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महिलाका पिडा अन्त्य गर्नका लागि नमुना कार्यक्रम मार्फत प्रयास गरेको बताइन् । अन्धविश्वास चिफार गर्ने जिम्मा अब स्वयं महिलाकै रहेको उनको भनाइ थियो ।