सेवाग्राहीसँग प्रशासनको ११ बुदे अनुरोध

जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले सेवाग्राहीसँग ११ बुदे विशेष अनुरोध पत्र सोमबार जारी गरेको छ । प्रशासनले आफ्नो वेवसाईट देखि सामाजिक सञ्जाल र सुचना पाटीमा टाँस गरी विशेष अनुरोध गरेको हो ।
प्रशासनमा सेवा लिने आउने सेवाग्राहीले आफ्नो कामको लागि आफै आउनु पर्ने विशेष अनुरोध पत्रका उल्लेख गरेको छ । त्यसैगरी प्रशासनको कामका लागि भनी कोही कसैलाई चिन्न वा भनसुन गराउन पाइने छैन । प्रशासनबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले तोकिएको शुल्यक बाहेक अरु अतिरिक्त शुल्क तिर्नु पर्दैन ।
प्रशासनले जारी गरेको अनुरोध पत्रमा उल्लेख गरिएको छ, प्रशासन कार्यालयका कर्मचारीसँग राम्रो सम्वन्ध छ भनी हामी काम मिलाई दिन्छौँ भन्ने व्यक्तिको विश्वास नगुर्नु होला । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा सुचना अधिकारीलाई जानकारी गराउनु होला ।
प्रशासनमा सेवा लिन आउदा कामसँग सम्वन्धित कागजात असम्वन्धित व्यक्तिलाई नदिन पनि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन । उनले भनिन् अपांग, जेष्ठनागरिक, अशक्त र विपन्न व्यक्तिका लागि प्रथामिकता प्राप्त सेवा उपलव्ध हुदै आएको छ । आगामी दिनमा पनि हुने नै छ ।
प्रशासनका सेवा प्रवाह सहज बनाउनका लागि सहायता कक्ष, अपाङ्ग, जेष्ठनागरिक कक्ष र घेटघाट कक्षको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस