लकडाउन अवज्ञा गरेपछि २२६ सवारी साधन नियन्त्रण


जुम्ला ः कोरोना भाइरस (कोविड–१९) संक्रमण फैलिन नदिन तथा रोकथामको लागि नेपाल सरकारले जारी गरेको लकडाउन लकडाउन अवज्ञा गर्ने व्यक्तिहरुका २ सय २६ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन अवधिमा सावरी साधन सञ्चालन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले १३ चैतमा १२ ठुला सवारी साधन, ९ साना सवारी साधन र ६९ मोटरसाइल गरी ९० सवारी साधन नियन्त्रणमा लिएको थियो भने १४ चैतमा ६ ठुला सवारी साधन, ५ साना र ४६ मोटरसाइकल गरी ५७ सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
त्यसैगरी १५ चैतमा ३ साना, ४३ मोटरसाइकल गरी ४६ सवारी साधन नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । १६ चैतमा १ साना सवारी साधन र ३२ मोटरसाइकल गरी ३३ सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएको छ । यसको स्थानीय व्यक्तिहरुले पुर्णरुपमा पालन नगर्दा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने स्थिति छ तर सुरक्षाकर्मीलाई सुरक्षित हुनका लागि कुनै सुरक्षित पोशाक नहुदा प्रहरी नै संक्रमित हुने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस