जन्मदिनको अवसरमा विपन्नलाई सहयोग गर्ने निर्णय

जुम्ला ः जन्मदिन मनाउने चलन अहिले नेपालीमा अनिवार्य जस्तै बनेको छ । जन्मदिन मनाउने हरेक व्यक्तिले तरिका पनि फरक फरक गर्ने गरेका छन् । धेरैले आफन्त र साथीभाई बोलाएर खानपिन गर्ने गर्दछन् भने कतिपयले त होटलमा नै पार्टी दिएर जन्मदिन मनाउने गर्छन् । पछिल्लो समय जन्मदिन खर्चालु पनि बन्दै गइरहेको छ ।
बालबालिकामा त जन्मदिन मनाउने होडबाजी नै चल्ने गरेको छ । सानादेखि ठूलासम्म सबैले खर्च गरेर जन्मदिन मनाउने गर्छन् । तर हिमा गाउँपालिका – ५ बुअ गाउँका नेकपा युवा विद्यार्थी नेता अमरराज शाहीले जन्मदिन दिनको अवसरमा विपन्न घरपरिवारलाई सहयोग गर्ने भएका छन् ।
विश्वभर फैलिदो कोरोना भाइरसको (कोभिड–१९) संक्रमण बढ्न थालेपछि लकडाउनले विपन्न घरपरिवारमा समस्या भएको छ । उनीहरुलाई दैनिक छाकटार्न पनि समस्या भएको बेलामा २९ औँ जन्मदिनको अवसरमा युवा नेता शाहीले विपन्न घरपरिवारलाई दैनिक उपभोग्य बस्तु उपलव्ध गराउने निर्णय गरेको हुन् । विपन्न घरपरिवारलाई राहत तथा दैनिक उपभोग्य बस्तु उपलव्ध गराउने विषयलाई गाउँपालिकाले एकद्धार प्रणाली गरे अनुसार नेता शाहीले पालिकामा निवेदन समेत दिएको बताए । उनले भने निवेदन दिएपछि गाउँपालिकाले शुक्रबार नै कार्यपालिकाले निर्णय गरी विपन्न घरपरिवार सहयोग गर्न स्वीकृत दिएको छ ।
नेता शाहीले २५ औँ जन्मदिनको अवसरमा ५० हजार १ सय ५ रुपैया बराबरको दैनिक उपभोग्य बस्तु विपन्न घरपरिवारलाई हप्ता दिनभित्र वितरण गर्ने उनले बताए । नेकपा युवा नेता शाही २०४७ चैत २८ गते शुक्रबारका दिन हिमा गाउँपालिका – ५ बुअ गाउँमा जन्मेका हुन्् ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस