
काठ्मान्डौ । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १७ लाख ७ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख २ हजार ७५१ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु शनिबार मध्याह्नसम्मको यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य:
देश मृतक सङ्क्रमित निको भएका
- अमेरिका १८ हजार ७४७ ५ लाख २ हजार ८७६ २७ हजार ३१४
- स्पेन १६ हजार ८१ १ लाख ५८ हजार २७३ ५५ हजार ६६८
- इटाली १८ हजार ८४९ १ लाख ४७ हजार ५७७ ३० हजार ४५५
- फ्रान्स १३ हजार १९७ १ लाख २४ हजार ८६९ २४ हजार ९३२
- जमर्नी २ हजार ७३६ १ लाख २२ हजार १७१ ५३ हजार ९१३
- चीन ३ हजार ३३९ ८१ हजार ९५३ ७७ हजार ५२५
- बेलायत ८ हजार ९५८ ७३ हजार ७६८ ३४४
- इरान ४ हजार २३२ ६८ हजार १९२ ३५ हजार ४६५
- टर्की १ हजार ६ ४७ हजार २९ २ हजार ४२३
- बेल्जियम ३ हजार १९ २६ हजार ६६७ ५ हजार ५६८
प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार