
जुम्ला ः जुम्लामा लकडाउन १० चैत ०७६ मा सूरु गरिएको हो । संघीय सरकार भन्दा जुम्लामा एक दिन अघि लकडाउन सुरु गरिएको हो । संघीय सरकारले ११ चैतमा लकडाउन गरेको हो । लकडाउन लल्लघंन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको छ । १० चैत ०७६ देखि ३ बैशाख ०७७ सम्म ४ सय ५६ सवारी साधन प्रहरी नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
उनले भनिन् ४६ वटा चार पाङ्ग्रे ठूला सवारी साधन, ३४ वटा तीन पाङ्ग्रे अटो र ३ सय ७६ दुई पाङ्ग्रे मोटरसाइकल गरी जम्मा ४ सय ५६ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो ।
निश्चित प्रयोजन र समायाबधिका लागि भनि तोकिएको पासलाई अवधि समाप्त भए पछि वितरीत पासको प्रयोग गरी दुरूपयोग गरेको पाईएकोले भे.१.क ९२२ नम्बरको सवारी साधनलाई अर्को निर्णय नभएसम्म सवारी पासको प्रक्रिया समेत अगाडी नबढाईने पनि प्रशासनले जनाएको छ ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएको हो प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले भने यसको स्थानीय व्यक्तिहरुले पुर्णरुपमा पालना गर्न आवश्यक रहेको छ । लकडाउन अझै कडाइका साथ लागु गरिने उनले बताए ।