जुम्लामा एसईइका लागि २६ परिक्षा केन्द्र सिफारीस (निर्णय सहित)

 

कक्षा १२ र ११ को परीक्षाका लागि १३ केन्द्र सिफारिस

जुम्ला ः कोराना भाइरस (कोभिड १९) महामारीको कारणले स्थगित भएको एसईइ परीक्षा सञ्चालनका लागि २६ परिक्षा केन्द्र सिफारीस गरिएको छ । एसईइ परीक्षा २०७६ चैत्र ६ देखि संचालन हुने भनिएको थियो । यसैगरी बैशाख ८ र २१ बाट संचालन हुने भनिएको परिक्षा स्थगित भएपछि पुन सञ्चालनका लागि हुने १२ र ११ को परीक्षाका लागि १३ केन्द्र सिफारिस गरिएको हो ।

जिल्ला परिक्षा समन्वय समितिको बैठकले राष्ट्यि परिक्षा बोर्ड सानो ठिमी भक्तपुरलाइ संशोधित परिक्षा केन्द्र सिफारीस गर्ने निर्णय गरेको हो । राष्ट्यि परिक्षा बोर्डले परिक्षा सञ्चालनका लागि केन्द्र संशोधन गरेर पठाउन निर्देशन गरेको थियो ।

विद्यार्थीहरुको सुबिधालाई मध्य नजर गर्दै आगामी हुने एसइइ परीक्षामा २६ परिक्षा केन्द्र र कक्षा ११ र १२ कक्षका लागि १३ परिक्षा केन्द्र सिफारिस गरिएको जिल्ला शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्करबहादुर भण्डारीले जानकारी दिए ।

कक्षा ११ र १२ काे  परिक्षा केन्द्र

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस