जुम्ला ः जुम्लाका स्थानीय सरकारले जिल्ला बाहिर अलपत्र परेका स्थानीयलाई उद्धार गर्ने तयारी गरेका छन् । तिला गाउँपालिकामा बुधबार बसेको पालिका स्तरीय समन्वय सहकार्य बैठकले यस्तो निर्णय गरेको हो ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार जिल्ला बाहिर अलपत्र परेका विरामी, विद्यार्थी, श्रमिक मजदुरलाई तीन दिन भित्र जनप्रतिनिधिको सम्र्पकमा ल्याएर उद्धार गरिने छ । स्थानीय तहले आफ्ना आ आफ्नो क्षेत्रबाट तीन दिने सुचना प्रकाशन गर्ने र सम्र्पकमा आएका व्यक्तिलाई उद्धार गर्ने तयारी गरिएको उनले बताए ।
त्यसैगरी स्थानीय तह स्तरीय समन्वय सहकार्य बैठकले संघीय मन्त्रालयबाट प्राप्त मापदण्डका आधारमा र कार्यविधि अनुसार राहत वितरण गर्ने निर्णय भएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् ।
लकडाउन अघि सम्झौता भएका विकास निर्माणका काम सञ्चालनका लागि पहल गरिने छ । विकास निर्माणका काम गर्दा सामाजिक र व्यक्तिगत दुरी कायम हुने गरी आवश्यक पर्ने औजार सामग्री व्यवस्थापन गर्नका सम्वन्धित निकायमा पहल गरिने निर्णय पनि भएको जनाएको छ । जुम्ला जिल्ला भित्र विकासे साझेदार उद्यमी, व्यवसायी गैर सरकारी संघ संस्था, निकायबाट आफु खुशी राहत वितरण नगरी स्थानीय तहसँग समन्वय सहकार्य गरी एकद्धार प्रणाली मार्फत राहत गरिने निर्णय भएको छ ।
जुम्लाका नाका क्षेत्रमा लकडाउन कडाइ गर्नुका साथ अन्तर वडामा सामाजिक सदभाव कायम हुने गरी लकडाउन कार्यन्वयन गर्ने गरी अनुरोध गर्ने निर्णय भएको जनाएको छ ।
अलपत्र परेका स्थानीयको उद्धार गरिने (स्थानीय तहका सात निर्णय)
प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस