
जुम्ला ः कोरोना भाइरसले अहिले मुलुक त्रसित छ । भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि देश डेढ महिनादेखि लकडाउनमा छ । यसको नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रपंतीमा खटिएका छन् । सुचना संकलनमा पनि पत्रकार पनि जोखिममा रहेका छन् ।
अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएका छ । अहिले देशभरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई कोरोना भाइरसको परीक्षण गर्न थालेपछि जुम्लाका १८ पत्रकार, तातोपानी गाउँपालिका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी २५७ जना गरी २८५ जनाको पिसिआर परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका ल्याव इन्र्चाज विबेक पुन मगरले बताए ।
एक हजार ५६४ जनाको कोरोना आरटी पिसिआर परीक्षण र २६३ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । परीक्षणमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
लकडाउन अवधिभर जुम्ला ११ हजार १७७ जना नागरिक भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिक मध्ये ३२ जना क्वारेन्टानमा बसेका छन् भने एक हजार २२४ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । ७२ जना होम क्वारेन्टाइनमा बसेका छन् ।