थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२

मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्ला २७ संक्रमितमध्ये २४ जना पुरुष र तीनजना महिला रहेको जानकारी दिए ।

देवकोटाका अनुसार पछिल्ला संक्रमित १७ देखि ४२ वर्ष उमेर समूहका छन् ।

पछिल्ला संक्रमितमा झापाका नाै, कपिलवस्तुका चार, काठमाडौंका तीन, सर्लाहीका दुई, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासीका एक-एकजना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या चार सय दुई पुगेको देवकोटाले जानकारी दिए ।

कोशी अस्प्तालमा उपचाररत ६२ वर्षीय पुरुष निकाे भएर आज डिस्चार्ज भएकाे उनले बताए ।

संक्रमण देखिएर अस्पतालमा बसेकाे २५ दिनमा उनी निकाे भएर डिस्चार्ज भएका हुन् ।

देवकाेटाले आजसम्म संक्रमितमध्ये ३७ जना निको भएकाे जानकारी दिए ।

https://www.nayapatrikadaily.com/news-details/43656/2020-05-19

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस