जुम्ला ः जगदुल्ला गाउँपालिका – ३ डोल्पाका ५८ वर्षीय पुरुष कोरोना भाइरसले मृत्यु भएको छ । १६ जेमा सुर्खेतबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिको २० जेठमा मृत्यु भएको थियो ।
२२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरी ल्याएर प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।
उनले भने “भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोली उक्त स्थानमा पुग्न दुईदिन समय लाग्ने भएकाले सोही गाउँपालिकाका स्वास्थ्यकर्मीलाई स्वाब संकलन गर्न लगाएको थियो । संकलित स्वाब प्रतिष्ठानको टोली पुगेर जुम्ला ल्याएर परीक्षण गरेको हो उले भने ।
मृतक पुरुपमा दमको रोग पनि रहेको बुझिन आएको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार