जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना डिस्र्चाज भएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई कोरोना संक्रमण भएर आइसोलेसनमा उपचार गरी रहेका थिए । उनीहरुलाई आइसोलेसनमा उपचार पश्चात पुन पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मंगल रावलले बताए ।
प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्केदै गरेका नागरिकलाई तीन हप्ता होम क्वारेन्टिनमा बस्न सुझाए । उनले भने “घरमा सामाजिक दुरी कायम गर्नु । चुरोट र रक्सी बाहेक अरु खानेकुरा बार्न पर्दैन ।” आफु सचेत हुन आवश्यक छ । प्रतिरोधात्मक क्षमता बढाउने किसिमका गतिविधि गर्न आवश्यक भएकाले यसलाई पनि ध्यान दिन चिकित्सक गुरुङले सुझाब दिए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गरे । उनले भने “तपाईहरुका साहसले अरुको साहस बड्ने छ । अहिले जुम्लाबाट खुशीको सन्देशले अरु नागरिकलाई पनि कोरोना भाइरससँग लड्ने सक्ने क्षमता पैदा भएको छ ।”
प्रमुख जिल्ला अधिकारी थापाले चिकित्सकहरुको सुझाबलाई मनन गर्दै तीन हप्ता होम क्वारेन्टिनमा बस्न आग्रह गरे । आफ्नो स्वास्थ्यको ख्याल गर्दै अन्य नागरिकलाई पनि सचेतीकरण गर्न उनले सुझाए ।
जुम्लाबाट पहिलो पटक कोरोना भाइरसलाई जितेर घर फर्दै गरेका नागरिकलाई विदाई गर्न प्रमुख जिल्ला अधिकारी थापा, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, प्रतिष्ठानका रजिष्ट्रटार विश्वराज काफ्ले, अस्पताल निर्देशक चिकित्सक मंगल रावल र पत्रकारहरुको टोली विदाई कार्यक्रममा उपस्थिति भएको थियो ।
कोरोना जितेर आइसोलेसनबाट जुम्लाका १८ जना घर फर्किए
प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस