देशभरिमा पछिल्लाे २४ घन्टामा दुई सय ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
नियमित मिडिया ब्रिफिङमा बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लाे थपसमेत देशभर संक्रमितकाे संख्या ४६१४ पुगेकाे जानकारी दिए ।
थप भएकामध्ये दुई सय ३० जना पुरुष र २० जना महिला छन् ।
गाैतमले हालसम्म एक लाख १५ हजार नाै सय ३० वटा पिसिआर विधिबाट परीक्षण गरिएकाे र एक लाख ७८ हजार एक सय ४३ वटा आरडिटी विधिबाट परीक्षण भएकाे जानकारी दिए ।
मन्त्रालयका अनुसार हालसम्म नेपालभरि एक लाख ६२ हजार १३ जना क्वरेन्टाइनमा छन् । त्यसैगरी संक्रमित तीन हजार सात सय ३८ जना आइसोलेसन रहेकाे गाैतमले बताए ।
बिहीबार मात्र एक सय ८७ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै नेपालमा डिस्चार्ज हुनेकाे संख्या आठ सय ६१ पुगेकाे गाैतमले जानकारी दिए ।
https://www.nayapatrikadaily.com/news-details/45176/2020-06-11