
जुम्ला ः जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने कोरोना भाइरस जोखिम व्यवस्थापन समिति सिसिएमसीको बैठकमा सल्लाहार समुह जिल्ला समन्वय समितिलाई नबोलाएको भन्दै ध्यानाकर्षण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सिसिएमसीको बैठकमा नबोलाएपछि गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समितिको उपप्रमुख कार्मा बुढाले बताए । उनले भने “सिसिएमीको बैठक हुदा सल्लाहाकार समुहलाई आमन्त्रण नगरेको पाइएको जिल्ला समन्वय समितिले ध्यानाकर्षण भएको जनाएको हो ।”
यस समितिको सल्लाहाकार समुहमा जिल्ला समन्वय समितिको प्रमुख, नगर र गाउँपालिका महासंघ जिल्ला अध्यक्ष रहने व्यवस्था रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिको प्रमुख सहित रहेको सल्लाहाकार समुहलाई के कति कारणले नबोलाएको हो वा बैठकमा बोलाउन आवश्यकता छ÷छैन, यसको जानकारी उपलव्ध गराउन प्रशासनलाई अनुरोध गरिएको जिसस प्रमुख लालबहादुर सार्कीले बताए ।