थोत्रा गाडी चलाउदा नदीमा खस्यो, स्थानीयले सकुशल बचाए यात्रु

जुम्ला ः जुम्लाको तिला गाउँपालिका – २ डुण्डेली नजिकै तिला नदीमा जीप खस्दा स्थायीय पौडी खेलर यात्रुलाई बचाएका छन् । जुम्लादेखि कालिकोट तर्फ जादै गरेको भे १ ज ८२० नम्बरको जीप नदीमा खसेको हो । चालकसहित तीन जना यात्रु जीपमा सवार गरेका थिए ।
कालिकोट तिलागुफा नगरपालिका – २ रतडाका ऐनबहादुर बोहोर र हरीबहादुर बोहोर जीपमा सवार रहेको स्थानीय शिक्षक रुनबहादुर रावतले बताए । उनले भने “घटना स्थलबाट जीप एक सय मिटर तल बगेर गएको थियो ।”
स्थानीय हिरे रोकाया र धनमल रोकायाले नदीमा पौडी खेलर सकुशल उद्धार गरेको हुन् । उद्धार गरिएका यात्रुको सोही गाउँपालिकाको रारालिहिस्थित स्थानीय शिखा स्वास्थ्य क्वीनिकमा उपचार भईरहेको छ ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार जीप दुघर्टना भएपनि यात्रुलाई सकुशल उद्धार गरिएको बताए । उनले भने “उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।” तातोपानी गाउँपालिका – १ का जनक नेपाली सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए । जीपको स्टेरिङ जाम भएपछि घटना भएको बुझिन आएको जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस