कोरोना संक्रमित ८५ वर्षीया महिलाको निधन

कोरोना संक्रमित एक महिलाको शुक्रबार उपचारकै क्रममा निधन भएको छ ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ घर भएकी ८५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट नेपालमा निधन हुनेको संख्या ४४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुटुसम्बन्धी बिरामी र निमोनियाबाट ग्रसित उनको उपचारकै क्रममा वीरगन्जमा मृत्यु भएको जानकारी दिए ।

https://www.nayapatrikadaily.com/news-details/47892/2020-07-24

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस