
काठमाडौँ ः कोरोना संक्रमित थप चारजनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन पुरुष र एक महिलाको निधन भएको हो ।
याेसमेत हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– १ घर भई किष्ट मेडिकल कलेज ललितपुरमा उपचाररत ५० वर्षीया महिलाको मंगलबार निधन भएको हो ।
त्यसैगरी धनुषा जिल्ला विदेह नगरपालिका– ८ का ६० वर्षीय पुरुषको सोमबार प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषाकै मिथिलाबिहारी नगरपालिका– ५ का ५० वर्षीय पुरुषको आइतबार निधन भएको जानकारी दिए । उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए ।
सिन्धुपाल्लोक जिल्लाको बाह्रबिसे नगरपालिका– ४ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट निधन भएको छ । उनको २२ साउनमै त्रिवि शिक्षण अस्पतालमा निधन भएको गौतमले बताए ।
https://www.nayapatrikadaily.com/news-details/49048/2020-08-11