थप ११ जनाको मृत्यु : कोरोनाले ज्यान गुमाउनेको संख्या १७५

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ। १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्।

जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको छ।

अन्नपुर्ण बाट

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस