जुम्ला सदरमुकाम खलंगामा पुनः निषेधाज्ञा जारी

सागर परियार ।
जुम्ला सदरमुका खलंगा बजारलाई पुन सिल गरिएको छ । एकै दिन चन्दननाथ नगरपालिका क्षेत्र भित्रका १६ जना सहित ३९ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण नियन्त्रण तथा रोकथामका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो । बुधबार बसेको विपद व्यवस्थापन समितिको निर्णय अनुसार सदरमुकाम खलंगालाई अर्को निर्णय नभए सम्मका लागि सिल गरिएको हो । सदरमुकाम खलंगाको पूर्वमा दानसाँघु,उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा उमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पुर्ण गतीविधि पूर्ण रूपमा बन्द गरिएको छ ।

जुम्लाको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिका बुधबार पुन सिल गरिएको छ । भने, जिल्लाका तातोपानी, हिमा, सिँजा गुठीचौर र कनकासुन्दरी गाउँपालिकामा पुरानै निषेधाज्ञा यथावत रहेको छ । समुदायम सहित जुम्लाका गाउँगाउँमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

बुधबार आठै स्थानीयतहका प्रमुखको सहभागितामा बसेको विपद व्यवस्थापन समितिको बैठकले कोभिडको संक्रमणबाट जुम्लालाई जोगाउन निषेधाज्ञाको परिचालनाका लागि समुदायस्तरमा सचेतनामुलक कार्यक्रममा जोड दिने समेत निर्णय भएको छ ।

जिल्लाका आठैतहको स्वाब स्वाब परिक्षण गर्ने क्रममा मंगलबार चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विधुत प्राधिकरणका कर्मचारी ४ जना , तिला २ जना, तातोपानीका २ जना, सिञ्जाका १ जना, पातारासीका १ जना, कनकासुन्दरी गाउँपालिका १ जना, पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ३९ जनामा एकै दिन कोरोना संत्रमण देखिएको छ ।

गाउँमा धार्मिक मेला भिडभाड नगर्न निर्देशन गरिएपनि स्थानीय अटेरी गरेकै कारण संक्रमण गाउँमा फैलिएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनु भयो । स्थानीय प्रशासनले संक्रामण रोग ऐन, २०२० को २९२० र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३०) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस