जुम्लाका प्रमुख जिल्ला अधिकारी थापालाई कोरोना संक्रमण

जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई कोरोना संक्रमण भएको छ । प्रजिअ थापासहित ६ जनामा संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । प्रजिअ थापाले कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा आफु पनि संक्रमित भएको सामाजिक सञ्जालमा विहिबार सार्वजनिक गरेको हुन् ।
प्रजिअ थापाले सामाजिक सञ्जालमा यस्तो भनेका छन् जनताको जिवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दार बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्वमा अहोरात्र खटिदा आज (विहिबार) म पनि कोरोनावाट संक्रमित हुन पुगेको छु । आजै विहिबार देखि आईसोलेशन बसेको छु । कार्यालयसँग सम्वन्धित कामका लागि सहायक प्रजिअसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा उपस्थित भएका ३० जनाको नमुना स्वाब परीक्षण गर्दा ६ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस