जुम्लाका ४२ जना संक्रमित निको भएर घर फर्किए

जुम्ला ः जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिकाका ३८ जनासहित जिल्लाका ४२ जना कोरोना संक्रमित निको नभएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ४२ जना घर फर्किएका हुन् ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार आइसोलेसनमा रहेका संक्रमितको स्वाब संकलन गरी पुनः परीक्षण गर्दा विहिबार रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
यहाँका प्रमुख जिल्ला अधिकारी, कर्णाली प्रदेश सांसद, उद्योग बाणिज्य संघका अध्यक्ष, होटल व्यवसायी संघका अध्यक्ष लगायतलाई संक्रमण देखिएपछि त्रासपुर्ण वातावरण बनेका थियो ।
तर १० दिनपछि पुन ः स्वाब परीक्षक गर्दा प्रजिअ भुपेन्द्र्र थापाको रिपोर्ट नेगेटिभ आएर कोरोना संक्रमण मुक्त हुनु भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकार देवकोटाले बताए । उनले भने अरु व्यक्तिहरुको पुन ः परीक्षण गर्नका लागि शुक्रबार स्वाब संकलन गर्ने तयारी गरिएको छ ।
योसँग जिल्लामा कोरोना संक्रमित निको भएर घर फर्किनेको संख्या १९३ जना पुगेको छ । १५ जना आइसोलेसनमा र ९ जना होम आइसोलेसनमा गरी २४ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लाका ९ हजार २८६ जनाको पिसिआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २५ भदौँदेखि जिल्ला प्रशासन कार्यालय जुम्लाले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ । विहान ७ बजेदेखि दिउसो १ बजेसम्म व्यापार व्यवसायीदेखि प्राइभेट सवारी साधन सञ्चालन गर्ने गरी प्रशासनले निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस