
जुम्ला ः जनता समाजबादी पार्टीको जिल्ला समन्वय समिति चयन भएको छ । पार्टीका केन्द्रीय सदस्य नरेन्द्रनाथ योगी र विरबहादुर शाहीको उपस्थितिमा चन्दननाथ नगरपालिका – १० का महाशंकर न्यौपानेको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला समन्वय समितिको चयन गरिएको हो ।
त्यसैगरी २५ सदस्यीय जिल्ला कार्यकारी समितिको पनि गठन गरिएको केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले बताए । उनले भने, पार्टीको विधि र विधान अनुसार जिल्ला समन्वय समिति चयन गरिएको हो । समाजबादी पार्टी र राष्ट्यि जनता पार्टी बीचको समायोजन तथा एकिकृत भेलाबाट पार्टीको जिल्ला समन्वय समितिको चयन भएको केन्द्रीय सदस्य योगीले दावी गरेका छन् । समायोजनका नाममा माइनोट च्यात्ने जस्ता पार्टीलाई विवादित बनाउने खोजिएको उनको आरोप छ । तर विधि र विधानमा टेकेर काम गरिएको हो ।
यता राष्ट्यि जनता पार्टी जुम्लाका अध्यक्ष विष्णुबहादुर भण्डारीले पार्टी समायोजनमा एकलौटी गर्न खोजिएपछि जिल्ला पार्टी समायोजन विवादित भएको बताए । उनले भने एकलौटी गरिएको निर्णय हामीलाई मान्य हुने छैन । समायोजनमा हाम्रो पार्टीले बहिष्कार गरेर हिडेको छ ।