डीन नियूक्ति खारेजीको माग गर्दै उपकुलपति वाग्लेको कार्यालयमा ताला बन्दी

जुम्ला ः अनियमित डीन नियूक्तिको खारेजीको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिको कार्यालय प्रशासनमा अनिश्चितकालिन ताला बन्दी गरिएको छ । उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको हो । सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए ।
अस्पताल प्रशासन भित्र रजिष्टार, उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षदेखि डीनको कार्यालय समेत ताला बन्दी गरिएको हो । योसंगै अस्पतालमा सबै प्रशासनिक काम ठप्प भएका छन् । प्रतिष्ठानमा दुई वटा डीन नियुक्त भइसकेका थिए । उनीहरुलाई जनस्वास्थ्य संकायको जिम्मेवारी दिन सकिने अवस्था हुदा हुदै पनि उपकुलपति बेग्लै प्रतिष्ठानको आर्थिक भार बेहोर्ने गरिएको भएको नियुक्ति प्रतिष्ठानको हितमा नभएको आन्दोलित कर्मचारी बताउँछन् ।
उपकुलपति डा. वाग्लेले काठमाडौँ सम्पर्क कार्यालयबाट अर्को डीन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । मंगलबार कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएका थिए ।
उपकुलपति वाग्ले पछिल्लो चौविस घण्टामा कुनै प्रक्रिया नदिएपछि बाध्य भएर ताला लगाउनु परेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले बताए । असोज २६ गते काठमाडौँ कार्यालयबाटै उपकुलपतिले डिन नियुक्त गरेका थिए । सो कदम फिर्ता लिन २४ घण्टाको अल्टिमेटम दियौँ, अध्यक्ष उपाध्यायले भने, ‘अस्पताल प्रशासन तथा शैक्षिक प्रशासनमा अनिश्चितकालिन ताला लगाउन बाध्य भयौँ ।’
कर्मचारी समाजले प्रतिष्ठानमा भइरहेको डिन नियुक्ति लगायतको फर्जि कर्मचारी नियुक्ति प्रक्रियामा भइरहेको अनियमितता बिरुद्दको आन्दोलनमा साथ दिन जुम्लाबासीलाई आग्रह गरेको छ । उपकुलपति डा. वाग्लेले डिन नियुक्तिका विषयमा जिम्मेवार नभएको आरोप समेत लगाइएको छ ।
अनियमित तवरले नियुक्त गरिएका स्वास्थ्य संकायका डिन लगायतका सम्पुर्ण फजुल नियुक्ति खारेज गर्नुपर्ने, कर्मचारी कल्याणकारी समाजले यसअघि राखेका मागहरु कार्यन्वयन गर्नुपर्ने र कोरोनामा खटिने सम्पुर्ण चिकित्सक तथा कर्मचारीहरुको जोखिम भत्ता तत्काल उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।
उपकुलपति डा. वाग्ले आफ्नो कार्यकालका अधिकांस दिन राजधानी काठमाडौँमै तलबभत्ता खाने गरेको आरोप लगाएका छन् । उपकुलपति डा. वाग्ले कोरोनाको बेला जनसम्बन्ध स्थापित गर्न पनि डीन नियूक्ति आवश्यक परेको हो । उनले भने,‘ डीन नियुक्तिले प्रतिष्ठानलाई अफठ्यारो भन्दा पनि सहज भएको छ ।’ एमबीबीएस र एमडिजीपिका लागि पनि डीन नियुक्ति अनिवार्य भएको उपकुलपति वाग्ले बताए ।
यति गर्दा पनि मागको संवोधन नभएको खण्डमा इमरजेन्सी बाहेकका सबै सबै बन्द गर्ने चेतावनी कर्मचारी कल्याणकारी समाजले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस