स्वर्गीय हरिलाल,गोर दिपक स्मृती अक्षय कोष घोषणा

सागर परियार  ।

तातोपानी गाउँपालिका ६ निवासी स्वर्गीय हरिलाल कामी, गोर बहादुर कामी र दिप बहादुर कामीको स्मृतीमा अक्षय कोषको घोषणा गरिएको छ । नेकपा तातोपानी गाउँपालिका कमिटि सदस्य तथा बसन्त आधारभुत विद्यालयका विव्यस अध्यक्ष गोर बहादुर कामीको गएको असोज २१ गते असमाहिक निधन भयो ।

२०१४ साल असार १० गते जन्म भई २०७७ साल असोज २१ गते स्वर्गीय गोर बहादुर कामीको निधन भएको हो । विहिबार गोर कामीको सातौदिनको पुन्यतिथि तथा श्रद्धान्जली सभाका अबसरमा गोर कामी सहित तीनजनाको स्मृतीमा अक्षय कोषको घोषणा गरिएको हो ।

कापी कलमको अभावले विद्यालय जान नसकेका विपन्न बालबालिकालाई विद्यालय पहुँचमा पुराउन,समाज सुधारमा जुट्ने यूवायूवतीलाई प्रोत्साहन गर्न तथा गरिबी, विपन्नताले शिक्षाको पहुँच सम्म नपुगेकालाई राहतदिने उदेश्यका साथ अक्षय कोषको स्थापना गरिएको छोरा कविराज विश्वकर्माले बताए । उनका अनुसार अक्षयकोष घोषणा तथा श्रद्धान्जली सभा कार्यक्रमकै अबसरमा मृत्तक तीनै जनाको सम्झानामा ४५ वटा थाल,४५ वटा गिलास समेत समुदायलाई हस्तान्तरण गरिएको छ ।

अक्षयकोष घोषणा कार्यमक्रममा पत्रकार नेत्र शाहि, पुर्ण प्रसाद चौलागाई, मानदत्त रावल,सागर परियार र विजय रावतले ५ सयका दरले २५ सय सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । भने, ६ नम्बर वडाकार्यालयले हाल १० हजार दिने वडाध्यक्ष विशाल खड्काले घोषणा गरे ।

छोरा शुभाकर विश्वकर्माका अनुसार अक्षयकोषलाई व्यवस्थित पार्दै जिल्लाका गरिब विपन्न बालबालिकाको राहतका लागि काम गरिने छ । दर्ता प्रक्रियाको तयारी अन्तिम चरणमा रहेकाले चाडै अक्षयकोष पनि खडा गरिने उनको भनाई छ ।

दलित मुक्ती मोर्चाका अध्यक्ष, नेकपा पालिका कमिटि सदस्य हुदै जीवनका करिब ६ दशक राजनीतिमै बिताएका गोर कामीको योगदानलाई पार्टीले उच्च मुल्यांकन गर्ने नेकपा जिल्ला कमिटि सदस्य आदिप्रसाद न्यौपानेले बताए । उनले तातोपानी गाउँपालिका संगै जिल्लालेनै नेकपाको एक सच्चा तथा कर्तव्यनिष्ट कार्यकर्ता गुमाएको परिवारजन प्रति दुख व्यक्त गरे ।

अक्षय कोषलाई दिगो र प्रभावकारी बनाउन जिल्लामै समन्वय गरी अघि बढ्ने न्यौपानेको भनाई छ । भने, तातोपानी गाउँपालिका ६ नम्बर वडाध्यक्ष विशाख खड्काले स्वर्गीय गोर बहादुर कामीका बाँकी सपनालाई सबै वडा बासी मिलेर पुरा गर्ने बताए । मर्दा खेरी मात्रै पार्टीको झण्डा ओडयाउने र अघिपछि बेवास्ता गर्ने संस्कारको अन्त्य गर्नु पर्नेमा जोड दिदै दलितका अधिकार स्थापित गर्न र शिक्षा क्षेत्रको विकासका लागि सिंहोपाटीले स्वर्गीय गोर कामीका सपनालाई साकार बनाउने उल्लेख गरे ।

अक्षयकोषलाई बैधानिक रुपमा अगाडी बढाउन सुझाब दिदै वडाध्यक्ष खड्काले वडापालिकाले पहिलो चरणमा १० हजार सहयोग गर्ने समेत प्रतिबद्धता गरे । भने, सातदिनको पुन्यतिथि तथा श्रद्धान्जली कार्यक्रममा गाउँकमिटि अध्यक्ष रामप्रसाद पराजुली,नेपाक जिल्ला सदस्य जक्ति प्रसाद न्यौपाने, पत्रकार महासंघ केन्द्रिय सदस्य पुर्ण प्रसाद चौलागाई लगायत सम्पुर्ण आफन्तजनहरुले स्वर्गीय गोर कामीलाई श्रद्धान्जली अप्रण गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस