हप्ता दिनसम्म प्रतिष्ठानको प्रशासन तालाबन्दी, पदाधिकारी मौन

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिन नियुक्ति लगायत अन्य विभिन्न अनियमितताका विरुद्धमा प्रतिष्ठानमा तालाबन्दी गरिएको एक साता विति सक्दा पनि पदाधिकारी मौन देखिएका छन् । गएको असोज २८ गते प्रतिष्ठानको केन्द्रिय प्रशासन र शैक्षिक प्रशासनमा माग पुरा नहुन्जेल अनिश्चितकालिन ताला लगाइएको थियो ।
तर कर्मचारी आन्दोलित भएको र प्रतिष्ठानमा ताला लगाएको एक हप्ता वित्ति सक्दा पनि प्रतिष्ठानका पदाधिकारीहरुबाट कुनै धारणा आएको छैन् । प्रतिष्ठानका उपकुलपति राजेन्द्र राज वाग्लले जनस्वास्थ्य संकायको डिन नियुक्ति अनियमित तवरले गरेपछि कर्मचारी आन्दोलित भएका थिए ।
तत्तकाल डिन नियुक्तीको निर्णय फिर्ता लिनु पर्ने, प्रतिष्ठानलाई ठुलो आर्थिक व्ययभारबाट बचाउन पदाधिकारी जिम्मेवार हुनु पर्ने, एकल निर्णयबाट प्रतिष्ठानमा हुने नियुक्ती र बढुवालाई तत्तकाल रोक्न माग गरिएको हो । प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्याले भने, “तालाबन्दी भएको हप्तादिन बितिसक्दा पनि पदाधिकारीबाट समस्या समधान भन्दा प्रतिष्ठानलाई झन धरासयी बनाउने खोजिएको प्रति विशेष चिन्ता छ ।”
माग पुरा नभए सम्म आन्दोलन र तालाबन्दी जारी रहने उनको भनाई छ । तर नियमित तालाबन्दी र आन्दोलनले सेवाग्राहीमा पर्न जाने असुविधाको पुर्ण जिम्मेवार पदाधिकारीनै हुने समेत मंगलबार जारी एक अपिल पत्रमा उल्लेख गरिएको छ । कर्मचारी समाजले उठाएका मागहरु सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमहरु महिनौ दिनसम्म पनि यथावत रहने समेत भनिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको अनियमितताको विरुद्धमा कर्मचारीले आन्दोलन, तालाबन्दी गरिसकेपछि नैतिकताका आधारमा पनि पदाधिकारीले सबै कुरा स्पष्ट गर्नुपर्ने हो । तर सबै गुपचुप हुनुमा ठुलो रहस्य लुकेको हुन सक्ने नागरिकको आकलन गरेका छन् । काठमाडौमा रहेका उपकmुपति बाग्लले पनि यसबारे हालसम्म कुनै आधिकारित धाराणा बताएका छैनन् । यता कर्मचारीहरुले आन्दोलनलाई थप शसक्त बनाएर अघि बढ्ने चेतावनी दिएका छन् ।
प्रतिष्ठानका उपकुलपति वाग्ले भने नियमानुसार नै डिन नियूक्ति भएको दावी गर्दै आएका छन् । आवश्यकताकै आधारमा डिन नियूक्ति गरिएको उनले प्रतिक्रिया दिदै आएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस