![](https://karnalimission.com/wp-content/uploads/2020/10/123030287_825760938182941_3847068445886926945_o.jpg)
जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको छ । गाउँपालिकाले ५ नम्बर वडाको ऐरेनीमा कोभिड अस्पताल सुरु गरेको हो ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ । आवश्यक सुविधा थप्दै जाने योजना रहेको उनले बताए । आइसियू, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गरिएको छ ।
चिकित्सकको आवेदन परेन
तातोपानी गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका लागि दुई पटक विज्ञापन गर्दा पनि मेडिकल अधिकृतको (चिकित्सक) आवेदन नपरेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताए । उनले भने अहिले दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
अहिले ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । गएको चैतदेखि यता १२ जना मात्रलाई संक्रमण देखिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईले बताए । यसमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । उनले भने पालिकाभरी ८ सय भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । ५० बेडको गाउँपालिकामा आइसोलेसनसमेत रहेको जनाएको छ ।